कोसी प्रदेश नामको विषयमा विवाद नगरौँ भन्दै प्रमुख चार दलद्वारा संयुक्त विज्ञप्ति

राजनीतिक दलहरुले छलफल र सहकार्यबाट कोसी प्रदेश नामकरण गरेको जनाउँदै त्यसैलाई बाहना बनाएर सामाजिक सद्भाव नै बिथोलिने गरी गतिविधि नगर्न अपिल गरेका छन् ।
प्रदेश नामकरणमा मतदान गरेका प्रमुख चार दलले यस विषयमा विवाद भए त्यसलाई संविधानमा भएको व्यवस्थाअनुसार नै गर्न सुझाव दिएका छन् ।
नेकपा (एमाले)का कोसी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका कोसी प्रदेश सभापति उद्धव थापा, नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिव गणेश उप्रेती र राप्रपा प्रदेश अध्यक्ष राम थापाले संयुक्त विज्ञप्ति प्रकाशित गरी बिमति भए वार्ता, सहमति र सहकार्यको आधारमा संवैधानिक विधिबाट समाधान हुने जनाइएको छ ।
नामकरणको विरोधमा प्रदेशका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुन थालेपछि चार दलले संयम हुन आग्रह गरेका हुन् । नाम नहुँदा जनस्तरबाट भएका टिकाटिप्पणी जस्ता विषयलाई समेत ध्यानमा राखेर राजनीतिक दलले नामको टुंगो लगाएको जनाएका छन् ।