उपचाररत ‘लाजेहाङ्ग’ को मृत्यु पछि पुनः नामांकन संयुक्त संघर्ष समिति भोजपुरले पनि प्रेस बिज्ञप्ति निकाल्यो
मुन्धुमस्टार डटकम- कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा मृत्यु भए पछि पुनः नामांकन संयुक्त संघर्ष समिति भोजपुरले पनि प्रेस बिज्ञप्ति निकाल्दै कडा शब्दमा उक्त घटनाको बिरोध गरेको छ।
बिदुर राई, पबित्रा देबि राई र पवन राई द्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्तिमा भनिएको छ, शन्तिपुर्ण आन्दोलनमा बर्बरतापुर्ण प्रहरि दमन भएको भन्दै उक्त घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने, र पदम लिम्बू लाई शहीद घोषणा गर्नु पर्ने पनि माग राखिएको छ ।
विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए। टाउकोमा चोट लागेका लाजेहाङले बुधबार राति बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ बीपीमा पुर्याइएको थियो ।
गम्भीर घाइते पदमको शुक्रबार बिहान २.३० बजे उपचारको क्रममा मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको थियो। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर पदम लिम्बू ‘लाजेहाङ्ग’ २०५२ देखि लिम्बुवान आन्दोलनमा थिए । लाजेहाङको शव अहिले बीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ। यो घटना संङ्गै एक नं प्रदेशमा झन अरु संघर्ष चर्किएर जाने देखिन्छ।
बिज्ञप्ति…