रसायनिक मल मुल्य बृद्धी गरिएकोमा माओवादी कम्युनिस्ट पार्टी, नेपालले कडा बिज्ञप्ती निकाल्यो

अहिले भएर रहेको मुल्य बृद्धी सम्वन्धी माओवादी कम्युनिस्ट पार्ती, नेपालले एक बिज्ञप्ती निकाल्दै बिरोध जनाएको छ । माओवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिव रामनारायण पालद्वार हस्ताक्षर गरीएको भिज्ञप्तिमा किसानको लागी अति आवश्यक हुने रसायनिका मल, किसानको लागी बिउँ र सिँचाईको लागी ब्यवस्थी गरीदिन समेत माग रहेको छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यहि फागुन २४ गते रासायनिक मलमा दिइदै आएको ७०.८३% अनुदान कटौती गरि ५९.०४% बनाएको प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यश निर्णयबाट किसानले प्रती किलो यूरियामा रु ११/- डि.ए.पी रु ७/- पोटासमा रु ९/- थप मूल्य ब्यहोर्नु परेको छ ।’
बिज्ञप्तिमा भनिएको छ, ‘सकारले उल्टै जनताको हितमा काम गर्नुपर्ने र उत्पादनमूखी बजेट बढाउनु पर्नेमा उल्टै मलको समग्र अनुदानमा ११.८ % ले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरुको विवेस्ता गरिएको देखिन्छ ।’
बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी माकपा नेपाल सरकारसंग किसानलाई साविक दिदै आएको रासायनिक मलको अनुदान दिन मग गर्दछौ ।’
बिज्ञप्तिक्को अन्तमा भनिएको छ, ‘किसानको हित्स्मा माग सम्बोधन नभए माकपा नेपाल कडा संघर्षमा उत्रीनु बाध्य हुने ब्यहोरा यसै बिज्ञप्तिमार्फत जानकारी गराउदछौ ।’