Logo

एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर 


काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर  बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो । नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले । आसिफको शतकमा नेपालको ओडिआई इतिहासकै विशाल योगफल बनाएको हो ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको ठुलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २ सय ७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

पपुवा न्युगिनीका राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्