किन बौद्घिकता बन्धकी राख्न विवश छन्, नेपाली प्राडाहरु ?
–निनाम लोवात्ती
हुन त मसँग एक्ज्याक्ट डाटा छैन । तापनि मेरो विचारमा हालसम्म नेपालमा लाखौँ–लाख मानिसहरूले फिलसफी अफ डाक्टर (पिएचडी), मास्टर अफ फिलसफी (एमफिल) गरिसके होलान् । त्यस्तै गरेर दशौँ लाख मानिसहरूले मास्टर्स गरिसके होलान् भने, २०औँ लाख मानिसहरूले डिप्लोमा र ब्याचलर गरिसके होलान् । उता प्लस टु पनि भनिने १२ क्लास छिचोलेका मानिसहरू त हाम्रो देशमा करोड नै पुगिसके कि ? एवं रीतले पहिलेको एसएलसी र अहिलेको एसईई पास गर्नेहरू त झन् दुई करोड नै नाघे होलान् कि ? अनि पहिलेको एसएलसीमा र अहिलेको एसईईमा फेल हुनेहरू त झन् ? त्यसरी पहिलेको एसएलसीमा र अहिलेको एसईईमा फेल हुनेहरूको तथ्यांक ठ्याक्कै संख्या तोकेर यति नै भन्न सक्ने अवस्था रहेन ।यसरी हेर्दाखेरि नेपालको लगभग तीन करोड जनसंख्यामा ९९ दशमलव ९९ प्रतिशत मानिसहरू साक्षर भइसके होलान् । तापनि मेरो खास ‘कन्सर्न’ वा चासोचाहिँ कुनै पनि मानसिसँग कैयौँ विषयमा पढेको ५०औँ सर्टिफिकेट हुने बित्तिकैै मानिसहरू बौद्धिक हुने हो त ? भन्ने हो ।
किनभने, नेपालमा हालसम्म जस–जसको नामको अगाडि प्रा., डा., प्राडा, विद, विज्ञ, कार, विश्लेषक, वरिष्ठ आदिको फुर्को झुन्ड्याइएको हुन्छ, त्यस्ता व्यक्तिहरूको बौद्धिकता सम्बन्धमा भन्नुपर्दा प्रायः सबै बौद्धिकहरू आप्mनो व्यक्तिगत स्वार्थ र स्वार्थ समूहको स्वार्थअनुसार मात्रै बोल्ने, लेख्ने र वकालत गर्ने गरेको देखिन्छ । जबकि उनीहरूले आप्mनो धर्मअनुसार ‘सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्नुपर्ने हो । अथवा भनौँ ‘दूधको दूध पानीको पानी’ छुट्याउन सक्ने हुनुपथ्र्यो । तर, आममानिसहरूले नेपालका बुद्घिजीवी वा बौद्घिक भनिनेहरूका सन्दर्भमा त्यसरी बुझेको देखिँदैन, मूल्यांकन गर्ने गरेको देखिँदैन । हुन त नेपालका बुद्घिजीवी वा बौद्घिक भनिनेहरू त्यसरी ‘एक पाखे’ हुनुमा वा ‘एक पाखे’ हुन वाध्य हुनुमा उनीहरूको आप्mनै खाले सीमा र वाध्यताहरू होलान् ।
नेपालको सन्दर्भमा त धेरैजसो भाषाविद, भाषाविज्ञ, भाषाशास्त्री भनिनेहरूका साथै मानवशास्त्री अथवा समाजशास्त्री भनिने र उनीहरूको नामको अगाडि प्रा., डा., प्राडा वा प्रोफेसरको फुर्को जोडिने विद्धान अर्थात् विज्ञ, विद वा कार वरिष्ठ जोडिएकाहरू नै ‘सेतोलाई सेतो’ र ‘कालोलाई कालो’ भन्न नक्नेहरूको भिड देखिन्छ । अथवा भनौँ उनीहरूले ‘दूधको दूध पानीको पानी’ छुट्याएर बोल्न, लेख्न र वकालत गर्न सक्दैनन् । यो कुरो खासमा नेपालका जातजाति र भाषाभाषीका सम्बन्धमा बोल्ने, लेख्ने र वकालत गर्ने क्रममा देखिन्छ । यसो हुनुमा भाषाविद, भाषाविज्ञ, भाषाशास्त्री भनिनेहरूका साथै मानवशास्त्री अथवा समाजशास्त्री भनिनेहरू नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिले बसोवास गरेको स्थानीय क्षेत्र अर्थात् भुइँ तहमा गएर अध्ययन, अनुसन्धान र सोधखोज नगरी ‘टेबल वर्क मात्रै गरेर वा कसैले भनेको सुनेरै अथवा अरूको सारेरै (कपी गरेर) ! अन्धधुन्दा रूपमा जे पायो त्यही लेख्ने गरेकोले गर्दा पनि हो कि ? यदि त्यस्तो हो भने त नेपालका जातजाति र भाषाभाषीका सम्बन्धमा खास कुरो के हो ? भुइँ तहमा गएर अध्ययन, खोज–अनुसन्धान र सोधखोज नगरी ‘टेबल वर्क मात्रै गरेर ’ अन्धाधुन्दा रूपमा जे पायो त्यही लेख्ने गरेपछि अरू के कुरो गराई भो र ?
हुन पनि संसारका पढालेखा, विद्वान अथवा भनौँ डिग्रीधारीहरूका सम्बन्धमा धेरैअघि नै विश्व प्रसिद्घ बुद्घिजीवी, अर्थशास्त्री एवं नोबेल पुरस्कार विजेता फ्राइडम्यानले भनेका रहेछन्, ‘बौद्घिकता र डिग्रीको कुनै सम्बन्ध छैन किनभने, संसारका मूर्ख मानिसहरूमध्ये कैयौँसँग डिग्री (पिएचडी) को प्रमाणपत्र छ ।’ –सन्दर्भः वियकुमार पाँडे, यु ट्युब च्यानल ।
त्यसैले विश्व प्रसिद्घ बुद्घिजीवी तथा अर्थशास्त्री एवम् नोबेल पुरस्कार विजेता फ्राइडम्यानले धेरैअघि नै भनेको कुरो नेपालका बुद्घिजीवीहरूका हकमा ९९ दशमलब ९९ प्रतिशत नै लागू भएको छ कि ? जस्तो लाग्छ, यो ‘अकिञ्चन’ लाई । किनभने, माथि उल्लेख गरियो, संसारका डिग्रीधारी मूर्खहरूका सम्बन्धमा धेरैअघि नै विश्वका प्रसिद्घ बुद्घिजीवी तथा अर्थशास्त्री एवं नोबेल पुरस्कार विजेता फ्राइडम्यानले यसो भनेका रहेछन्, ‘बौद्घिकता र डिग्रीको कुनै सम्बन्ध छैन, किनभने संसारका मूर्ख मानिसहरूमध्ये कैयौँसँग डिग्री (पिएचडी) छ ।’ नेपालको हकमा त झन् जुनसुकै विषयका विज्ञ, विद, कार वा डिग्रीधारीहरूले पनि आप्mनो विषयको विज्ञता र डिग्रीको महत्व बुभ्mदै नबुझी जताभावी ढंगले अन्टसन्ट लेख्ने, बोल्ने गरेका छन् । खास गरी यो कुरो नेपालका भाषाविद, भाषाविज्ञ वा भाषाशास्त्री र मानवशास्त्री अथवा समाजशास्त्री भनिने र उनीहरूको नामको अगाडि प्रा., डा., प्रो. वा प्राडा (प्रा.डा. दुवै) आदि इत्यादिको फुर्को झुन्डयाइने–जोडिने विद्धानहरू रहने गरेका छन् ।
उदाहरणका लागि नामै तोकेर भन्नुपर्दा, लेख्नुपर्दा नेपालका भाषाविद, भाषाविज्ञ अथवा भाषाशास्त्री भनिनेहरूमध्ये प्राडा टंक न्यौपाने, प्राडा नोबेलकिशोर राई, उप प्राडा तारामणि राई, प्राडा चतुरभक्त राई, प्राडा दुविनन्द ढकाल, प्राडा, लक्ष्मीकुमार पराजुली, प्राडा दानराज रेग्मी आदिलाई लिन सकिन्छ । उनीहरूले जहिले पनि नेपालका भाषाभाषीका सम्बन्धमा लेख्दा “एक जाति ‘राई !’, २८ भाषी ‘राई !’ ” भनी लेख्ने गरेका छन् । हुन त हाल सोडोलोमा ‘राई !’ करणमा परेका किरातीहरूका भाषाका सम्बन्धमा भन्नुपर्दा कम्तिमा २२–२३ वटा भाषा र ३८–३९ देखि ४५–४६ वटासम्मम भाषिका हुन सक्ने देखिन्छ । त्यसैले त यी प्रा. डा. अथवा प्राडाहरूप्रति मेरो प्रश्न छ, यदि राई एक जाति र एक जाति राईको २८ वटा मातृभाषा छ भने त्यसरी २८ वटा मातृभाषामा खररर बोल्न सक्ने कुनै माइकलाल राई भेट्नुभएको छ ? छ भने, यो केही नजान्ने अकिञ्चन कुलुङेलाई पनि चिनाई दिनु÷भेटाइदिनुप¥यो भन्ने हो ।
त्यसैले नेपालका भाषा विज्ञानका प्राडा र बुद्धिजीवी भनिनेहरू, जो आप्mनो नामको अगाडि प्रा., डा. वा प्रो. अथवा प्राडाको आदिको फुर्को झुन्ड्याउनुहुन्छ वा झुन्डिने गरेको छ, तपाईंहरूले नेपालका कथित् राई जाति ! र राई भाषाबारे लेख्दा, बोल्दा सकेसम्म स्थानीयस्तरमा गहन ढंगले अध्ययन, अनुसन्धान र खोज–तलास गरेर लेख्नुप¥यो । नभएदेखि हरेक १०–१० वर्षमा हुने गरेको राष्ट्रिय जनगणनामा आएको तथ्यांकको आधारमा लेख्दा पनि भयो । त्यति मिहिनेत पनि नगर्ने हो भने, आप्mनो नामको अगाडि प्रा., डा., वा प्रो., अथवा प्राडा लेख्नु, लेखाउनु र बुद्धिजीवी भनिनु सुहाउला र ?
थप जानकारी चाहिएः ९८४९९८तल ५९९७, ९८६२४३६०४९ , Email: ninamkirat123@gmail.com



