‘सपनाको चोमोलुङमा’ गीत सार्वजनिक
काठमाडौं – ‘सपनाको चोमोलुङमा’ गीत सार्वजनिक भएको छ । यस गीत स्व. हेमन्तकला थुलुङको स्मृतिमा परिवारले निर्माण गरेको हो । यस गीतलाई हेमन्तकला यूट्युबमार्फत प्रकाशित गरिएको छ ।
यस गीतमा भ्वाईज नेपाल र नेपाल आइडल प्रतिस्पर्धी गायक बिजय राईले स्वर दिएको छ । प्रस्तुत गीतमा शब्द टिका चाम्लिङ, जसिहब थुलुङ `खार्ल्युम्च्यो´ र संगीत संयोजन मनोजा सानसोङको रहेकोछन ।
यस गीतको कोरसमा राई पुज्जा, अनिशा राई, संगीत राई, युनिशा राई, अनिरा राई छन । ‘सपनाको चोमोलुङमा’ किङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।
लोक गायत तथा संगीतकार डुण्डिराज अधिकारी, यूवा संगीकार आशकुमार राई, यूवानेता सुमन बाङदेल लगायतले आ-आफ्नो मन्तब्य राखेको थिए ।
सौर्य दैनिका पत्रीका अध्यक्ष लालसरा राई, ब्याबसायी तथा समाजसेवी केशव थुलुङ राई लगायतले ‘सपनाको चोमोलुङमा’ गीत र स्व. हेमन्तकला थुलुङको बारेमा बोलेका थिए ।
स्व. हेमन्तकला थुलुङले थुलुङ समुदाय र किरात समुदायमा विभिन्न सामाजिक तथा सांस्कृतिक योगदान पुर्याएको कुरा संगीतकार जसिहब थुलुङ `खार्ल्युम्च्यो´ले बताए ।
यस गीतमा एक नायकत्व, मान्छे काम तथा बिचारले बाच्दछ र जिवन दर्शनको गहिराईको तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ ।
यो गीत चाबहिलको सत्कार क्याफेमा सार्वजनिक भएको हो । स्व. हेमन्तकला थुलुङको दिदी पुजा राईको सभापतिमा कार्यक्रम सन्चाल्न गरिएको थियो । यस गीत बिमोचन कार्यक्रम सन्चालन प्रखर प्रस्तोता तथा यूवानेता साहस राइले गरेका थिए ।
स्व. हेमन्तकला थुलुङ केहि बर्षा अघी कोभिड – १९ ले बितेका थिईन । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ८ जन्मिएको भोजपुर जिल्लाको टेम्केमैयुङ गाँपालिका वडा नं ३ का रबिन बान्तवा राईसंग बिहे गरेकी थिईन ।
कार्यक्रमको फोटोहरु :






