मुन्धुमस्टार डटकम — नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारबाही गर्न एमाले प्रदेश १ कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।

एमाले प्रदेश १ कमिटीले शनिवार विराटनगरमा मिसन ग्रासरुढ अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको जानकारी दीएको हो।

प्रसाईँले केही दिन पहिले पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर झापामा कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो।