भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य नयाँ मुल्यसुचि पठायो
मुन्धुमस्टार
मुन्धुमस्टार डटकम — पेट्रोलियम पदार्थको मूल्य बढेको दुई हप्ता बित्न नपाउँदै भारतले नयाँ मूल्य सूची पठाएको छ। भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। जसमा पेट्रोलको मूल्य १।९७ रुपैयाँ घटेको छ भने डिजेलको ६।४१ रुपैयाँ र हवाई इन्धनको ३।८८ रुपैयाँले घटेर आएको हो।
यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।
पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ज्ञ्ासको मूल्य भने यथावत रहेको थियो।



