मुन्धुमस्टार डटकम— उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन । राष्ट्रिय सहमतिको आवश्यकता रहेकाले प्रमुख विपक्षीलाई समेत सम्बोधन गर्नुपर्ने उल्लेख गरेका हुन ।
राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर सत्तारुढ गठबन्धनका दल एमाले र माओवादी केन्द्रबीच अविश्वास बढिरहेका बेला माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले कांग्रेसलाई समेत जोड्नुपर्ने बताएका हुन । बालुवाटारमा बिहीबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा कुरा भएको थियो । बिहीबारै सुर्खेत पुगेका उपप्रधानमन्त्री श्रेष्ठले भने सरकारलाई प्राप्त राष्ट्रिय सहमतिको अवस्थालाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका हुन ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
