ओजोन तह, वायु प्रदुषण र जनजीवनमा मौसम परिवर्तनको असर
–निनाम लोवात्ती
आज आएर जलवायु परिवर्तनका कारण हुने विभिन्न खाले क्षतिका लागि विश्वभरि नै को जिम्मेवार ? भन्ने प्रश्न उब्जिएको देखिन्छ । हुनत यसरी अनपेक्षित रुपमा पृथ्वीमा जलवायु परिवर्तन हुनुमा पृथ्वीका अरु जीव–जन्तुहरुको केही दोष रहेको छैन । हो, पृथ्वीमा यसरी अनपेक्षित रुपमा जलवायु परिवर्तन हुनुमा हामी मानवको मुख्य दोष रहेको छ । त्यसमा पनि अविकशित, अल्पविकशित र विकासशील देशका मानवको तुलनामा विकशित र औद्योगिक देशका मानवको ठूलो र मुख्य दोष रहेको भन्ने भनाइ रहेको छ । त्यसमा पनि पछिल्लो पटक जलवायु परिवर्तनका लागि मुख्य गरेर चीन, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, इरान, भियतनाम, तुर्कीए (टर्की), थाईल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान आदि विकासशील देश पनि जिम्मेवार र दोषी रहेको भन्ने विकशित र औद्योगिक देशको आरोप छ । खासमा यो आरोप मात्रै नभएर तथ्य–तथ्यांकले पनि बताउने वास्तविकता हो । नेपाल जस्तो देशहरु चाहिँ अरु देशका कारण ओजोन तह नष्ट भएको कारण, वायु प्रदुषण बढेको कारण र मौसम परिवर्तनमा परेको असरका आई परेको वा भविश्यमा आईपर्ने आपतलाई कसरी सामना गर्ने ? सोच्न वाध्य भएका छन् ।
गत पुस २८ गते बिहिबारका दिन सहयोगी ‘गोरखापत्र दैनिक’मा प्रकाशित एक समाचारअनसुार विगत लामो समयदेखि जलवायु परिवर्तन मौसममा आएको असामान्य परिवर्तनले गर्दा ओजोन तहमा पर्दै गएको तह (प्वाल–होल) मा केही रिकभरी हुन थालेको छ । जलवायु र मौसम परिवर्तन सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकहरुका अनुसार अबको ४० वर्षपछि ओजोन तहको तह पूर्ववत तहमा फर्किनेछ । हुन पनि खोजकर्ता तथा वैज्ञानिकहरका अनुसार ओजोन तह क्षय (प्वाल पर्नु) हुनुमा उद्योग, कलकारखानामा प्रयोग हुने रसायन प्रमुख कारक तत्व हो ।
यसरी रुपमा असामान्य ढंगले बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण ओजोन तह क्षय (प्वाल पर्ने क्रम बढ्दै) हुने क्रमसँगै विश्वका धेरै देशमा असामायिक रुपमा पानी पर्ने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी बेहरी आउने, हिऊँ पग्लने, हावा चल्ने हुन्डरी आउने, समुन्द्रमा पानीको सतह बढ्ने अत्यधिक चिसो बढ्ने आदि क्रम बढ्दै गएको देखिन्छ । हुन पनि विसं २०७७ को पुस–माघ महिनामा कठमाण्डौमा तीन दिनसम्मकुहिरो, हुस्सु र तुवाँलो लाग्नाले पटक्कै घाम लागेन । त्यो वेला घाम नलागेको मात्रै होइन, हावा पनि चलेन । फलतः ‘बाउल÷कचौरा’ आकारको काठमाण्डौ उपत्यकालाई अरु समयमा भन्दा बढी वायु प्रदुषणले च्यापेको थियो । चिसो पनि सामान्य अवस्थामा भन्दा अत्यधिक बढेको अवस्था थियो ।
त्यसो त विश्व स्वास्थ्य संगठन/वल्र्ड हेल्थ अर्गनाईजेसन (डब्लुएचओ) ले केही वर्षअघि प्रकाशित गरेको वायु प्रदुषण सम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा वर्षैपिच्छे ७० लाख मानिसहरुले अल्पायुमै आप्mनो अमूल्य जीवन गुमाई रहेका छन् । वास्तवमा वायु प्रदुषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योग–धन्दा र कलकारखाना प्रयोग हुने रसायन प्रमुख कारण भनी माथि नै उललेख भएको छ । त्यसो भए तापनि अत्यधिक छिटो गतिमा परिवर्तन भई रहेको जलवायु परिवर्तन र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्ने गरिन्छ । विज्ञहरुका अनुसार नेपालको राजधानी काठमाडौ विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो÷छ ! त्यो वेला डा. माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा लेखेको एक लेखअनुसार वायुको गुणस्तर सूचांक काठमाण्डौको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो । जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । साथै ३०१ भन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।
नेपाल जस्ता अविकशित र अल्प विकशित देशहरुमा वायु प्रदुषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पूरानो बस, कार, जिप, भ्यान, मोटर साईकल लगायत गाडीहरु अभै पनि चल्न दिनु (करको लोभमा) यसरी पूरानो (३०, ३५, ४०) ः बस, कार, जिप, भ्यान, मोटर साईकल लगायत गाडी चलाउनेहरुका अनसुार यस्तो सवारी साधनमा सरकारले बढी कर लिई रहेको छ । साथै युरो पाँच–छ मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास, कोइला लगायत औद्योगिक इन्धनहरुको प्रयोग र धेरै जसो नेपालीको घरमा भात–भान्सा तयार गर्न काठ–दाउराको प्रयोग गर्ने, गोबरको गुर्इँठा बाल्ने भुस र फुसलाई इन्धनका रुपमा प्रयोग गर्ने गर्नाले पनि नेपालमा वायु प्रदुषण बढ्नमा सहयोग पुग्ने गरेको देखिन्छ । हुनत गएको केही वर्षदेखि चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडा लगायतका देशमा कयौं दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन–जंगलमा लगातार रुपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ । यसरी हेर्दा धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण बढ्दो क्रम रहेको देखिन्छ । त्यसैले यसको असर कम गर्न सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै सक्दो आवाज उठाउँदै आएका छन् । त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनास, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरुमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदि रोक्नका लागि कसले जिम्मेवारी लिने ? र, यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने ? भन्ने विषयमा हालसम्म मतैक्य हुन सकेको छैन ।
ओजोन तहको क्षयीकरण रोक्ने, जलवायु परिवर्तनका साथै मौसम परिवर्तनमा आएको ठूलो उथल–पुथलसँगै मुख्य समस्याको रुपमा रहेको वायु प्रदुषणका कारण मानिसका जीवनमा आईपर्ने दीर्घकालीन असर कम गर्न नसके अबको ५० वर्षमा अरु धेरै कुरोका साथै कञ्चन, स्वच्छ र शुद्ध पिउने पानीको संकट सबैभन्दा बढी खतराको रुपमा आईपर्ने देखिन्छ । साथै अर्को खाद्यान संकट पनि ठूलै समस्याका रुपमा देखापर्ने देखिन्छ । अर्को के भनाइ रहेको छ भने, वायु प्रदुषण पनि मान्छेका लागि विभिन्न रोग सार्ने/सर्ने प्रमुख माध्यमध्ये एक रहेको छ । यसरी हेर्दा जलवायु परिवर्तनको समस्या एक देश, एक क्षेत्र, एक समुदाय वा समूह, एक वर्ग, एक लिंग, जातजाति विशेषले मात्रै ध्यान दिएर पुग्ने विषय होइन । त्यसैले हामीले हाम्रो पृथ्वीलाई पछिसम्म बचाई राख्न, हाम्रो जीवनलाई स्वस्थ्य र दुरुस्तताका साथ बचाई राख्नका लागि सकेसम्म ओजोन तहको क्षयीकरण रोक्नुपर्ने र वायु प्रदुषण कम गर्नुपर्ने हुन्छ । साथै जलवायु र मौसम परिवर्तनलाई पनि सकेसम्म स्थिर राख्नका लागि हामी सबै मिलेर प्रयास गर्नुपर्ने देखिन्छ ।
थप जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com



