मुन्धुमस्टार डटकम — प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ। भद्रकालीस्थित जंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल भएको छ।
भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल हो। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्छ, नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जंगीअड्डा स्रोतका अनुसार उनीहरूबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास गर्नेबारे छलफल भएको थियो। कोरोना संक्रमणका कारण नेपाल र चीनबीच हुने सैन्य अभ्यास हुन सकेको छैन। त्यसलाई निरन्तरता दिन प्रधानसेनापति शर्मा र राजदूत सोङबीच भेटवार्ता भएको हो।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
