मुन्धुमस्टार डटकम- नेकपा (एकीकृत समाजवादी)की सचिव एवम पूर्वमन्त्री रामकुमारी झाँक्रीले संविधान र व्यवस्थाविरुद्ध नबोल्न चेतावनी दिएकी छिन्।
राप्रपाले संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर ‘जात्रा’ देखाएको भन्दै उनले आपत्ति समेत जनाइन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाक्रीले जनतालाई फेरी पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दीईन।
सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताइन्। उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताइन्।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
