मुन्धुमस्टार डटकम — राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर रास्वपाबाट मन्त्री भएका तीनजनाले केहीबेरअघि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राखी सरकार छाड्ने निर्णय गरेको थियो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
