पाकिस्तानको पेशावरमा एउटा मस्जिद भित्र भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् ।

उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।

पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।

’पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।