रविले ०७५ मा अमेरिकी नागरिकता त्यागे भने ०७२ मै नेपालको पासपोर्ट कसरी लिए ?- न्यायाधीश खतिवडा
गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाई सकिएको छ ।
आजको सुनुवाइको सुरुमा रवि पक्षका वकिलहरुको बहस गरेका थिए भने रिटकर्ता पक्षले जवाफी बहस गरेका थिए ।
दुवै पक्षको बहस सकिएको छ । न्यायाधीशहरु आदेश आउने–नआउने सन्दर्भमा केही जानकारी नगराइ इजलासबाट बाहिरिएका छन् ।
सरुवाती बहसका क्रममा वरिष्ठ अधिवक्ता न्यायाधीश ईश्वरप्रसाद खतिवडाले रवि लामिछानेले ०७५मा अमेरिकको नागरिकता त्यागेको देखिएको भन्दै ०७२ सालमा नेपालको पासपोर्ट कसरी लिए भन्दै प्रश्न उठाएका थिए ।
रवि पक्षका वकिल वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमले रविको नागकिरता खारेज भएको नभइ कायम मात्र नरहेको भन्दै ०७५ सालमा अमेरिकी नागरिकता त्यागेपछि स्वतः कायम भएको तर्क गरेका थिए ।
त्यसक्रममा न्यायाधीश खतिवडाले कायम नरहेका नागरिकता बाहकले ०७२ मा पासपोर्ट कसरी लिएको भन्दै प्रश्न उठाएका थिए ।
तर, वरिष्ठ अधिवक्ता गौतमले भने अहिलेको विवाद नागरिकताको भएको भन्दै पासपोर्टको विषय फरक भएको जवाफ दिएका थिए ।



