Logo

मोदीबारे बिबिसीले बनाएको वृत्तचित्रको दोस्रो भाग पनि भारतमा प्रतिबन्ध


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि केन्द्रित बिबिसीको वृत्तचित्र ‘द मोदी क्वोइसन’ को दोस्रो भाग सार्वजनिक भएको छ।

भारतमा भने यो वृत्तचित्र प्रदर्शनका लागि बर्जित छ। सूचना तथा प्रविधि कानुनमा आकस्मिक अवस्थामा सरकारलाई प्राप्त विशेषाधिकारको प्रावधान अन्तर्गत भारत सरकारले बिबिसीले बनाएको वृत्त प्रदर्शनमा रोक लगाएको हो।

भारत सरकारले युट्युब र ट्वीटरलाई वित्त चित्रको लिङ्क हटाउन पत्राचारसमेत गरेको थियो। यो वृत्तचित्र औपनिवेशिक मानसिकताबाट ग्रसित रहेको भारतीय सरकारको भनाइ छ।

वृत्तचित्र मोदी गुजरातको मुख्यमन्त्री रहँदा सन् २००२ मा हिन्दु र मुस्लिमबीच भड्किएको द्वन्द्वमा मोदीको भूमिकाबारे केन्द्रित छ। त्यस दंगामा कम्तिमा पनि १ हजार जनाको मृत्यु भएको थियो जसमा ७ सय ९० जना मुस्लिम थिए। भारतमा प्रसारणमा रोक लगाइए पनि विभिन्न तरिकाले वृत्तचित्र नागरिक समक्ष पुगेकोमा सत्तारूढ दल भारतीय जनता पार्टी निकै रूष्ट छ।

यो वृत्त चित्रका कारण भारत र बेलायतको कुटनीतिक सम्बन्धमा पनि दरार उत्पन्न भएको फरेन पोलिसिले लेखेको छ। आगामी वर्ष भारतमा आम निर्वाचन हुन लागेको समयमा मोदीको विगत स्मरण गराउने वृत्त चित्र बिबिसीमार्फत सार्वजनिक भएकाले दुई मलुकको सम्बन्धमा चिसोपना आएको फरेन पोलिसिमा उल्लेख छ।

बिबिसीको वृत्तचित्रको पहिलो भाग मोदीको राजनीतिक यात्रा र गुजरात दंगामा विवादास्पद भूमिकाबारे केन्द्रित छ। त्यस समयमा मोदी गुजरातको मुख्यमन्त्री थिए। उनले रेलमा गराइएको आगलागीका कारण मृत्यु भएका ५९ जनाको शव अहमदावाद ल्याउन स्वीकृति दिँदा बदला भाव बल्झिएको बिबिसीको वृत्त चित्रमा बताइएको छ।

त्यसपछिनै मुस्लिम समुदायलाई निसाना बनाएर आक्रमण सुरु भएको देखाइएको छ। त्यस वृत्तचित्रमा उल्लेख भएको कुरा उद्दृत गर्दै फरेन पोलिसिले लेखेको छ, ‘आक्रोशित भीडले योजनावद्ध ढंगबाट मुस्लिम समुदायलाई निसाना बनाए। उनीहरूको घर र व्यापार जलाइयो। यस घटनामा संलग्नहरूप्रतिको दण्डहीनताको नीतिमा मोदीको संलग्नता रहेको र यो कुरा बेलायतको गोप्य अनुसन्धानबाट खुलेको बिबिसीको वृत्त चित्रमा उल्लेख छ।’

सन् २००२ को गुजरात दंगाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आलोचना भएको थियो। तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेईमाथि मोदीलाई बरखास्त गर्न दबाब परेको थियो। बाजपेइले मोदीले शासकको भूमिका निर्वाह गरेको जवाफ दिएका थिए। बढ्दो दबाबलाई थेग्न नसकेपछि मोदीले प्रदेशसभा विघटन गर्दै चुनाव घोषणा गरेका थिए। त्यस चुनाव भाजपानै विजयी भयो। सन् २००४ को आम निर्वाचनमा भने गुजरात दंगाकै कारण भाजपाले केही सिट गुमायो। सन् २०१३ मा भाजपाले आफ्नो संख्या बढायो।  चामात्कारिक रूपमा उदायो। सन् २०१९ मा आइपुग्दा भाजपाको उपस्थिति अझ बलियो भयो।

बिबिसीको त्यस वृत्तचित्रमा पुराना भिडिओ फुटेज तथा विज्ञहरूसँगको कुराकानी समावेश छ। त्यस दंगामा ज्यान जोगाउन सफल भएकाहरूको भनाइ पनि समावेश गरिएको छ। त्यस दंगाको क्रममा बेलायतको विदेश सचिव रहेका ज्याक स्ट्रको भनाई वृत्तचित्रको महत्वपूर्ण पाटो हो।

भारतमा बेलायतको उच्च आयोगले अनुसन्धान गरेर प्रतिवेदन बेलायत सरकारलाई बुझाएको उनले त्यहाँ खुलाएका छन्। जसमा स्ट्रले भनेका छन्, ‘दंगाबारे जे जति प्रतिवेदन सार्वजनिक भएका छन् तिनले दाबी गरेभन्दा धेरै क्षति भएको छ। हिन्दु बाहुल्यता भएका क्षेत्रबाट मुस्लिमलाई हटाउने उद्देश्यले दंगा भड्काइएको छ।’

बिबिसीको वृत्त चित्रमा उपस्थित वेनामे कुटनीतिज्ञले भने त्यस घटनालाई संगठित नरसंहारको संज्ञा दिइएका छन्। त्यस वृत्तचित्रको पहिलो भागमा दंगा लगत्तै मोदीले बिबिसीलाई दिएको अन्तर्वार्ता पनि समावेश छ। प्रश्नकर्ताले मोदीलाई घटनापछि के सिक्नुभयो भनेर प्रश्न गर्छन्। ‘मिडियालाई नियन्त्रण गर्नेबारे मैले पाठ सिक्नुपर्ने भयो,’ मोदीले जवाफ दिएका छन्।

मोदीले मिडियालाई नियन्त्रण गर्ने सवाललाई यसरी लिएका छन् कि, उनी प्रधानमन्त्री भएयता पत्रकार सम्मेलनमा उपस्थित छैनन् र आफूप्रति आलोचक मिडियालाई मोदीले समय दिँदैनन्।

हेर्नुस भिडिओ: 

एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्