उपचारत प्रेम आचार्यको मृत्यु लगत्तै आज माईतिघर मण्डलामा मार्चपास: दलाल सत्ता बिरुद्द आन्दोलनको आँधि उठाउने युवाहरुको चेतावनि

मुन्धुमस्टार डटकम- हिँजु दिऊँसो नयाँनेश्वरको संसदभवन अगाडी आफ्नो जिउमा आगो लगाई आत्मादाह गर्ने प्रयास गरेका ईलामका युवा ब्याबसायि प्रेम आचार्यको गएराति उपचारको क्रममा मृत्यु भएपछि आक्रोसित भएका नागरिक हरुले बिरोध जनाएका छन।
माईतिघर मण्डलाबाट हात हातमा सरकार बिरोधि नारा लेखिएको प्लेकार्ड बोकेर मार्चपास गर्दै नयाँबानेश्वर तर्फ अगाडी बढेको आक्रोसित नागरिकहरुले आचार्यको समर्थन र सरकारको बिरुद्द चर्को नाराबाजी गार्दै बानेश्वरमा आएर कोणसभा गरेका थिए।
दुई बजे नाराबाजि गर्दै बानेश्वर पुगेको नागरिक भिँडले आचार्यको नाउँमा एक मिनेट मौनधारण गरेपछि मिटरब्याज आन्दोलनको अध्यक्ष निर्गराज जैसि, हिरादेबि वाईबा लगायतका बक्ता हरुले बोल्दै चाँडो भन्दा चाँडो यो दलाल, जनतामारा राज्यसत्ताको बिकल्प खोज्नु पर्ने कुरा राखेका थिए।
यो दलाल जनतामारा राज्यशत्ताले प्रेम आचार्यलाई मात्र होईन प्रत्येक सचेत युवाहरुलाई दिनमा कैयौंपटक आत्माहत्याको बारेमा सोंच्न बाध्य बनाई रहेको कुरा उल्लेख गर्दै अब बाँचेकाहरुले यो दलाल ब्याबस्थालाई फालेर सबैले बाँच्न सक्ने प्रणालिको बिकाश गर्नु पर्ने धारणा राख्दै प्रेम आचार्यले आफै आत्माहत्या गरेका होईनन राज्य सत्ताले हत्यागरेको आरोप लगाएका थिए।
यो हत्याको जिम्मा राज्यशत्ताले लिनुपर्ने मृतक आचार्यले न्याय पाउनु पर्ने र यो घटनालाई सरकारले सामान्य सम्झेर बेवास्ता गरे आन्दोलनको आधिबेहेरि उठ्न सक्ने भन्दै सरकारको बिरुद्द ससक्त आन्दोलनको घोषणा गर्ने चेतावनि दिएका थिए।