“पिपल बिना” बोलको गीत सार्वजनिक

मुन्धुमस्टार डटकम- युवा गायक सुरज मादेन लिम्बु र गायिका तारा लिङदेनको “पिपल बिना” बोलको गीत “Suraj Maden Limbu Official” युट्युब च्यानलबाट यसै साता सार्वजनिक भएको छ। राज चाम्लिङको शब्द तथा संगीत रहेको यो गीतलाई पदम राणा मगरले संगीत संयोजन गरेका हुन भने राजु कार्किले यस गीतको मिक्सिङ गरेका छन।
सेवा रेकर्डीङ स्टूडीयो अनामनगरमा रेकर्ड भएको यो युगल प्रेमिल आधुनिक गीतको अफिसियल म्युजिक भिडीयोको निर्देशन बिजय मगरको रहेको छ, भने सनम तामाङको छायाँङ्कण र राजन खड्काको भिडीयो सम्पादन रहेको छ।
धेरै राम्रा-राम्रा गीतहरु गाएर असल गायकको परिचय बनाउँदै लोकप्रियताको सिखर उक्लिदै गरेका युवा गायक सुरज मादेनको परिपक्व गायकि संङ्ग गायिका तारा लिङदेनको अत्यान्तै सालिन अनि मिठो गायकिले यस गीतको शब्द र सगीतलाई खुब सुहाएको छ। प्रेमिल भाव बोकेको अत्यान्तै अनुशासित शब्द, संगीत, संगीत संयोजन र गायकि रहेको यो सालिन गीतलाई
दर्शक तथा श्रोताहरुले मनपराई दिने कुरा प्रति आफुहरु बिश्वस्त रहेको कुरा यस गीतको निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।
पुरा भिडीयोको लिङ्क तल…..