Logo

साहित्यकार ‘सरित्’का तीन बाल कृति एकैसाथ प्रकाशित


बिगत साढे चार दशकदेखि नेपाली साहित्यमा साधनारत इन्द्रकुमार श्रेष्ठ सरित् मुलत: कथाकारको रुपमा चचिॅत र स्थापित स्रष्टा हुन ।

कथाबाहेक पनि सरितले कविता, गीत, गजल, मुक्तक, उपन्यास, समीत्क्षा, समालोचना आदिमा निरन्तर कलम चलाईरहेका छन् । यस अघि कथा, कविता, उपन्यास, अन्तरवाताॅ, बाल कृति गरेर एघार थान कृति सावॅजनिक गरिसकेका उनै साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’का यसपटक एकैपटक तीन थान बाल कृति प्रकाशित भएको छ ।

बाटुली कथासङ्ग्रह र जूनतारा कवितासङ्ग्रह भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो भने मेरी छोरी मान्या कथासङ्ग्रह अक्षरधाम प्रकाशनले प्रकाशित गरेको हो । ‘बाटुली’ कथासङ्ग्रहमा नौ वटा कथाहरु संकलित छन् भने ‘जूनतारा’ कवितासङ्ग्रहमा दश वटा कविता संग्रहित छन् ।

त्यसैगरी ‘मेरी छोरी मान्या’ कथासङ्ग्रहमा पाँच वटा कथा संग्रहित छन् । ‘सरित्’का बालकृतिका बारेमा ज्ञाननिष्ठ ज्ञवाली लेख्छन्- इन्द्रकुमार श्रेष्ठ सरितद्वारा लेखिएका कथाहरु सन्देशमुलक छन् । यी कथाहरु विभिन्न स्वादयुक्त छन् ।

आकषॅक आवरण र सुन्दर साजसज्जाका साथ प्रकाशित सरित् का तीनै कृति अत्यन्त पठनीय हुनुका साथै बालबालिकाको भविष्य निमाॅणका लागि सन्देशमुलक पनि छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्