Logo

‘किरात येले सम्बत्–५०८३ कि ३८०२ ?’ अरुको अस्तित्व अस्वीकार गर्ने र भ्रम छर्ने लेख ?


निनाम लोवात्ती

गएको माघ १ गते, २०७९ का मितिमा नेपालकै धेरै पाठकले पढ्ने-हेर्ने दैनिक ‘कान्तिपुर दैनिक’को अनलाइन संस्करणमा गणेश राईको एक लेख प्रकाशित भएको थियो । हुन पनि गणेश राई कान्तिपुर दैनिकमै कार्यरत पत्रकार पनि हुन् । त्यसैले सो लेख सजिलैसँग छापियो होला कि !? भनी अनुमान गर्न सकिन्छ ।

जे होस्, उक्त लेखको शीर्षक ‘किरात येले सम्बत् ५०८३ कि ३८०२ ?’ रहेको थियो । उक्त शीर्षकको लेख पढेर अरुलाई कस्तो लाग्यो ? थाहा भएन । तर, मलाई चाहिँ अचम्म लाग्यो । हुन पनि उक्त लेख नयाँ वा भनौं किरात, किराती र कथित् ‘राई !’ लगायत जातिका बारेमा समग्रमा केही थाहा नभएका जातजाति, समुदाय, वर्ग, समूहका पाठकहरुलाई सो लेख धेरै नै जानकारी मूलक र राम्रो हो भन्ने लाग्न सक्छ । तर, कुलुङ लगायत जुनजुन जाततिहरु किरात, किराती वा कथित् ‘राई !’ जाति भन्दै हालसम्म जानेर वा नजानेर ‘राई !’करणमा परेका छन्, अथवा राई जात वा जाति नै हो भनिनेहरुको दलनमलन र करणमा परेका छन्, उनीहरुका लागि कान्तिपुरको अनलाइन संस्करणको ‘विविधा’ स्तम्भमा प्रकाशित उक्त लेख आफ्नो समुदाय माथिको मिडियामा भएकोआफ्नो पहुँच प्रयोग गरेर भयंकर र योजनावद्ध ढंगले गरिएको थिचोमिचो र जोर-जबरजस्ती मान्ने आधार मात्रै भएको ठान्न सकिन्छ, सो ‘किरात येले सम्बत् ५०८३ कि ३८०२ ?’ शीर्षकको लेख ।

निनाम लोवात्ती

त्यसो त माथि नै पनि भनियो कि, समग्र किरात, किराती महाजातिभित्र कोको पर्छन, कोको पर्दैनन् ? वास्तवमा राई के हो, जात वा जाति हो कि ? केवल विगतमा शासकहरुले अस्थाई रुपमा प्रयोग गर्न दिएको ‘पद, पदवी वा पगरी’ मात्रै हो ? भन्ने सम्बन्धमा केही थाहा पत्तो नभएकाहरु र सामान्य ज्ञान वा भनौं जानकारी नभएका महानुभावहरुका बीचमा धेरै राम्रो लाग्न सक्छ ‘किरात येले सम्बत् ५०८३ कि ३८०२ ?’ शीर्षकको सो लेख । हुनत एक हिसावले हेर्दाखेरि केही सिक्न र चान्न चाहनेहरुका लागि त केही न केही ज्ञान अवश्य पनि रहेको मान्न सकिन्छ सो लेख । तापनि सो लेखले ‘राई !’ करणमा परेका वा पारिएका कुलुङ लगायत किरात, किराती अथवा कथित् ‘राई !’ जाति भनी हालसम्म जानेर वा नजानेर ‘राई !’ करणमा परेका वा परेका जातिहरुलाई भने ठूलो अभिशाप हुने देखिन्छ । किनभने, वास्तवमा विगतमा ‘राई !’ भन्नाले जात वा जाति जनाउँथेन, होइन । खासमा ‘राई !’ शब्दको व्युत्पत्ति ‘राया’ ‘राय’ ‘राइ’ बाट भएको हो । त्यस्तै प्राचीन कालमा ‘राया’ ‘राय’ ‘राइ’ भन्नाले कणर्ाली प्रदेशमा ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो । साथै ‘राया’ ‘राय’ ‘राइ’ ‘राई !’ शब्द हालको प्रधानमन्त्री अथवा मन्त्रीको रुपमा पूर्वमा सेन शासनकालमा मात्रै प्रचलनमा आउन सुरु भएको हो । हुन पनि बुद्घिकणर् ‘राया’ ‘राय’ ‘राइ’ लिम्बु जाति भित्रको खेवा थरको पूर्खा भएको प्रमाणित भएको छ । जुन थरका लिम्बुहरु तेह्रथुम जिल्लाको ‘छ-थर भेग’मा अहिले पनि भेटिन्छन् ।

अर्को मुख्य प्रश्न भनेको लेखक गणेश राईले लेखमा भनेझैँ त्यत्रो हल्लाखला र जोर-जबरजस्ती गर्दा पनि ‘किरात यले सम्बत्-३८०२’ लाई नमानेर जनस्तरमा (आम किरातीहरुले) ‘किरात यले सम्वत्-५०८३’ लाई नै जनस्तरमा किन मानिरहेका छन् ? उनीहरुले आ-आप्mनो जातीय संस्था र अन्य किरातजन्य संघ, संस्थाहरुले आफ्नो संघ, संस्थाको वार्षिक पात्रो निकाल्दा किन ‘किरात यले सम्बत्-३८०२’ लाई नराखेर ‘किरात यले सम्वत्-५०८३’ नै राख्दै पात्रो निकाल्ने गरेका छन् ? त्यसको जवाफ पनि लेखमा उल्लेख गरिएको छैन । खालि आफ्नो विचार र आफ्नो भनाइ मात्रै एकोहोरो, जबरजस्ती लाद्ने र ‘सुगा रटाई !’ मात्रै गर्न खोजिएको देखिन्छ । जबकि भीड र संख्याको राजनीति गरेर व्यक्तिगत रुपमा फाइदा लिन चाहने केही राई कामरेडहरुको मकसद पनि विगत लामो समयदेखि गणेश राईकै जस्तो रहेको छ ।

त्यसैले गणेश राई लगायत राईवादी कामरेडहरुले किरात, किराती वा खम्बु अथवा कथित् राई जाति भनिनेहरु भित्रको वास्तविकता जे हो त्यही, स्वीकारेर बोल्नु, लेख्नु, वकालत गर्नु, अन्तर्वार्ताहरु लिनु-दिनु, समाचार लेख्नुभन्दा पनि आफ्नो अनुकूल हुने कुरोहरु मात्रै एकोहोरो ढंगले ‘सुगा रटाई !’ गर्नु नै परम्परागत धर्म र दैनिकी भएको छ । तर, गणेश राई लगायत राई कामरेडहरुले अस्वीकार गरे तापनि ‘राई !’करणमा परेका धेरै किरातीहरु जस्तो कि “आठपहरिया, कुलुङ, मेवाहाङ, चाम्लिङ, याम्फु, थुलुङ, नाछिरिङ, बाहिङ, बान्तावा, खालिङ, साम्पाङ आदि २६ भन्दा पनि बढी किराती महाजातिका साथै हालका चार किराती भनिने (कथित् राई, लिम्बु, सुनुवार र याक्खा) हरुले नगन्ने र महत्व नदिने गरेका जातिहरु थामी, सुरेल, जिरेल जाति पनि नेपालमा बसोबास गर्छन् । ‘किरात येले सम्बत् ५०८३ होइन, ३८०२ मानौं भन्न लाई त ती जातिका अगुवाहरुसँग बसेर व्यापक रुपमा छलफल र बहस गर्नु पर्दैन ? के जबरजस्ती संख्या-भीड देखाएर चार किराती भनिनेहरुले ‘किरात येले सम्बत् ५०८३ होइन, ३८०२ मान भनी जबर-जस्ती लाद्न खाज्दा उनीहरुले मान्छन् त ? सो बारेमा राई कामरेडहरले ढीला नगरी फेरि पनि सोज्नुपर्ने देखिन्छ । धेरै वर्ष अघिदेखि नै चार किराती भनिनेहरुले (कथित् राई, लिम्बु, सुनुवार र याक्खा) का अगुवा वा भनौं नाईकेहरुले बाँकी ३२, ३३, ३४ भन्दा बढी स्वतन्त्र जातीय अस्तित्व भएका किराती महाजातिमा गनिने जातिहरुको अस्तित्व र स्वपहिचानलाई नामेट पारेर-अस्वीकार गरेर अगाडि बढ्न खोजिरहेको देखिन्छ ।

अचम्म के छ भने उनीहरु आफूलाई केही असहज परिस्थिति आईपर्ने बित्तिकै ‘आदिवासी जनजातिको अधिकार, आईएलओ-१६९, मानवअधिकार, स्वतन्त्रता, समावेशीकरण, लोकतन्त्र, मौलिक हक, संविधान, ऐन, कानुन, नियम, यिमावली आदिको कुरो जोडतोडले उठाउने गर्छन् । आफू बलियो हुने बित्तिकै अरु फेरि अरु जातजातिलाई आफूमा विलयीकरण (एस्सिमिलेसन) गर्ने गलत कार्य तर्फमा अग्रसर हुने गर्छन् । यस्तो गलत कार्यमा मुख्य भूमिका चाहिँ हालसम्म राई यायोक्खा नामको संस्थाका राई कामरेडहरु नै खेल्ने गरेको देखिन्छ । त्यसमा किरात याक्थुङ चुम्लुङ (कियाचु), सुनुवार सेवा समाज (सुसेस) र याक्खा छुम्मा (याछु) चाहिँ मतियारको रुपमा वा भनौं ‘फड्के किनाराको साक्षी भएर बस्ने र सही धस्ने’ काम गर्ने गरेको देखिन्छ । यस्तो गलत कार्यमा आदिवासी जनजातिका केही बुद्घिजीवी हौं भनिने र भन्ने केही व्यक्तिहरुको पनि असाध्यै घिन लाग्दो र नकारात्मक भूमिका रहेको देखिन्छ ।

अन्तमा ‘कान्तिपुर’ जस्तो निजी क्षेत्रको धेरै बिक्ने र पाठक पनि साँच्चै नै धेरै भएको एवम् पाठकहरु माझ अत्यन्तै विश्वसनीय मानिएकोे दैनिक पत्रिकाले लेख रचना छाप्दा-छाप्ने वा छाप्ने निणर्य गर्दा लेखक आफ्नै दैनिक पत्रिकाको स्टाफ भएकै आधारमा अन्धा-धुन्द ढंगले लेख रचना वा फिचर, विविधा आदि स्तम्भहरुमा छाप्नु भन्दा अगाडि त्यसको विश्वसनीयता, भरपर्दो सुत्र, दुवैतर्फको स्रोतको खोजी र भनाइ प्रयोग गर्ने आदिमा पनि ध्यान दिने हो कि त ? किनभने, हालसम्म गणेश राईले प्रस्तुत गरेको, लेखेको समाचार (कहिलेकाही बाइलाइन-नाम बिनै) वा लेख, फिचर अथवा विविधामा छापिएको सामग्री पढ्दा जहिले पनि एकतर्फी रुपमा मात्रै सुत्र अथवा समाचार स्रोत (त्यो पनि एकतर्फी रुपमा पीडक पक्षको मात्रै, पीडित पक्षको कहिल्यै राख्दैनन् !) प्रयोग हुने गरेको देखिन्छ । अझ भएन, गणेश राईको समाचारमा त लेखमा जस्तै आफ्नो विचार समेत लाद्ने गरेको देखिन्छ । सो सम्बन्धमा पत्रकारिता जानेको बुझेको महानुभावहरुलाई सोध्दा-बुझ्दा त्यस्तो कार्य गर्नु त पत्रकारिताको धर्म, मर्म र आचार-संहिताकै विपरित हुन्छ अरे ! हो, होइन…?

थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९, Email : ninamkirat123@gmail.com

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्