रुसले शनिबार युक्रेनका कैयौँ स्थानमा मिसाइल आक्रमण गरेको छ । पूर्वी सहर निप्रोमा एउटा अपार्टमेन्ट ब्लकमा गरिएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ ।

युक्रेनका अरू सहरहरू किभ, खार्किभ, ओडेसामा पनि आक्रमण गरिएको थियो । केही सहरका बिजुली आपूर्ति स्रोतमा आक्रमण गरिँदा युक्रेनका अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

निप्रोमा अपार्टमेन्टमा आक्रमणपछि रातभर उद्धारकार्य गरिएको थियो । भग्नावशेष हटाइएको बीबीसीले जनाएको छ ।

यसअघि, बेलायतले युक्रेनलाई मद्दतका लागि ‘च्यालेन्जर–२’ ट्यांक दिन लागेको जनाएको थियो ।