काठमाडौं-सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा बुढानिलकण्ठ भलिबल क्लबले मधेस प्रदेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा दिनको अन्तिम खेलमा बुढानिलकण्ठले मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।

बुढानिलकण्ठ भलिबल क्लबले सुरुवाती सेट गुमाउनुको बावजुत त्यसपछिको तीनै सेटमा जित निकालेको हो । बुढानिलकण्ठले पहिलो सेट २०–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१५, २५–२१ र २५–१७ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।

बुढानिलकण्ठका सन्जय बस्नेत खेलको केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । यस जितसँगै बुढानिलकण्ठले दुई खेलबाट ३ अंक जोड्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब बुढानिलकण्ठले आफ्नो अन्तिम खेलमा केशवलाल भलिबल प्रशिक्षण केन्द्रसँग खेल्दैछ । यो समूहमा हेल्प नेपालको ३ अंक छ । यस खेलमा जित निकाल्ने टोली क्वाटरफाइनलमा पुग्नेछ । लगातार दोस्रो हारसँगै मधेसको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । मधेसले दुई खेलमा अंकको खाता खोल्न सकेको छैन । अब मधेसले आफ्नो अन्तिम खेलमा हेल्प नेपालसँग खेल्दैछ ।

बुढानिलकण्ठका सन्जय बस्नेत उत्कृष्ट प्रर्दशन गर्दै खेलको केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

बुढानिलकण्ठका सन्जय बस्नेत उत्कृष्ट प्रर्दशन गर्दै खेलको केल्मी प्लेयर अफ दि म्याच थाप्दै
बुढानिलकण्ठका सन्जय बस्नेत उत्कृष्ट प्रर्दशन गर्दै खेलको केल्मी प्लेयर अफ दि म्याच थाप्दै

टिममा केहि अनुभवी र केहि नयाँ खेलाडी समावेश गरिएकोले आजको जित निकाएलेको कुरा बुढानिलकण्ठ भलिबल क्लबका अध्यक्ष सुवर्ण थापाले वताए । उनले थपे, ‘अव अर्काे खेलमा पनि जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने छौ ।’

बुढानिलकण्ठ भलिबल क्लबमा सन्जय बस्नेत, रोशन विक, सुमन मगर, आशिष खत्री, सन्तोष श्रेष्ठ, देवेन्द्र बोगटी, राजदिप तामाङ, शंकर मोक्तान, निरकाजी तामाङ, तेज बहादुर खड्का, लोक बहादुर मगर, भक्त तामाङ, सुवास मगर लगायत खेलाडि रहेको छन् ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।