आधुनिक सिक्किम निर्माणको असली कालिगड (SDF) चाम्लिङ सरकार हो – प्रा.डा. राई
पखेरामा मिल्कीएको झट्ट हेर्दा बिरुप ढुङ्गालाई पुज्य आकर्षणयुक्त्त आकृती वा देबी देबता आदिको मुर्ती बनाउन कुशल कालिगडको आवश्यकता पर्दछ। भारतको पहाडी राज्य सिक्किमले १९९४ मा मुख्यमन्त्रीका रुपमा पवन चाम्लिङलाई पाएपछी पाँखा पखेराको जीवन र भुगोललाई अवसरकारुपमा लिएर सदुपयोग गर्दै बिकाश गर्नुभएकोछ । जुन काम आज भारतको शिर भएर उभिएको छ। बिगतको सिक्किम कहाली लाग्दो थियो। राजा महाराजा शैलीमा गरिएका शासन पद्दतिले गर्दा ढुङेयुगमा सर्बसाधारण नागरिक रहेका थिए।
प्रजातान्त्रिक मुलुक भए पनि सिक्किममा जन्ताको शासन कस्तो हुन्छ ? कसरी सन्चालन हुन्छ ? जन्ताको लागि सरकार होकि होईन ? शासकका नजिकका लागि मात्रै सरकार हो ? यी र यस्ता धेरै प्रश्नहरु उठ्ने गरेका थिए। SDF ले सरकार बनाएपछी जन्ताको सरकार कस्तो हुन्छ र हुनुपर्छ भन्ने पहिले पनि र अहिले पनि प्रमाणित भैरहेकोछ।
बोलेका कुरा काम गरेर देखाउनुपर्छ। राजनैतिक दलले आफ्नो घोषणापत्रमा लेखेका सबै क्रमशः पूरा गर्नुनै उस्को धर्म हो। खेलाडीले खेलमैदानमा खेल्न अवसर पाए पछि नियममा रहेर दर्शकलाई पुर्ण सन्तुष्टि प्रदान गरेर खेले भने गेम जिते भने पुनः खेल्न पाउँछन्। सिक्किममा SDF पार्टी जन्ताको लागि खेलिरहने खेलाडी पनि हो। जन्ताकै लागि फलिरहने पनि वृक्ष हो। जस्लाई सिक्किमे जन्तालेनै मलजल र रेखदेख गरिरहने छन।
मैले पहिलो पटक सिक्किम देख्दा बुँझ्दा प्रजातन्त्र आइसकेको थियो। अहिले भन्दा निक्कै कम बिकाश भएको थियो। बिश्वबिधालय पनि थिएन। गान्तोकमा एउटा कलेज थियो। अहिले त बिश्वबिधालय बनिसक्यो। पुर्वाधारको हिसाबले पनि केही भएको थिएन । बाटो सडक साँगुरो थियो। घरहरु पनि बनेका थिएनन् । त्यो बेलाको सिक्किम र अहिलेको तुलना गर्दा भौतिक हिसाबले धेरै बिकसित भएको देख्छु।
बिगत र बर्तमानलाई नियाल्दा दुईटा कुरा देख्छु-एउटा स्थानीय नेतृत्व बिशेसत: पुर्ब मुख्यमन्त्री पवन चाम्लिङ। लामो समय काम गर्दा अप्ठ्यारो पनि हुन सक्छ कत्तिपय ठाउँमा तर अहिले सम्म त्यस्तो छैन देखिदैन सिक्किममा। समाबेशी नेतृत्वको नमुना प्रस्तुत गरेर सबैलाई समेटी स्थानीय सशक्त भएको देखिन्छ। आफ्नो नेतृत्वको समयमा केन्द्रिय सरकारलाई पनि सिक्किम अनुकुल काम गरेको देखिन्छ।
अरु राज्यको तुलनामा लोभलाग्दो र अनुकरणीय देखिन्छ। भारतकै पहाडी राज्यहरुले राजनीति र अरु हिसाबले पनि सिक्न सकिन्छ। जस्तैः पवन चाम्लिङ किरात राई कुलमा जन्मिएका हुन। अरु मिनिस्टरहरु भुटिया, लेप्चा, क्षेत्री, बाहुन, सेड्युल कास्ट, लिम्बु , गुरुङ, सबैखाले जातीय कम्पोजिसनबाट सिक्किमको क्याबिनेट बनाउनुभएको थियो। त्यसबाट छुटेकालाई पनि विभिन्न समितिको चियरमेन लगभग मन्त्रीकै स्टाटस दिएर राख्नुभाको थियो।
राजनैतिक रुपमा नमुना समाबेशी प्रदर्शन देखिन्थ्यो। सामान्य बिरोधको श्वर सुनिन्छ, प्रजातन्त्रमा बिरोध त हुन्छ स्वाभाविक हो। बिरोध भए पनि अधिकांस उहाँकै साथमा सिक्किमका जन्ता देखिन्छ। राज्य संन्चालनमा हुनेहरुलाई मैले भन्थे- तपाइँहरुले बिश्वबिधालय बनाउदा बिए , एम ए , पिएचडी भन्दा पनि यहाँको स्थानीय जडिबुटी , स्थानीय उत्पादन टेक्निकल हिसाबले अध्ययन गर्ने बनाउपर्छ।
सिक्किम शिक्षाको हिसाबले पनि अगाडी बडिरहेको छ। उधोग ब्यावसाय जैविक खेती आदिको काम हेर्दा सबै भारत र छिमेकी देशका पहाडी राज्यहरुले नमुनाको रुपमा सिक्किमबाट सिक्दै जानुपर्ने देख्छु। म भाषाको प्रोफेसर भएर नेपाली बिषय र भाषाका लागि बिश्वबिधालयको निम्तोमा गएको थिएँ । त्यहाँको प्रोफेसरले के भन्नुहुन्थ्यो भने सेमेस्टर ब्रेकको बेला युवा बिद्यार्थीहरुलाई सिक्नका लागि विभिन्न गाउँमा लगेर शिक्षकलाई निर्देशक बनाएर त्यहाँका जनजीवन , बनस्पति , संस्कार , संस्कृति , उधोगको संभावनाको अध्ययन गरेर रिपोर्ट बनाउने थियो।
त्यो सार्है इन्ट्रेस्टिङ लाग्यो। बिकाश भौतिक मात्रै होइन अभौतिक पनि हुन्छ। मानिसमा आर्थिक मात्रै होइन मानसिक दरिद्रता हुन्छ। मानसिक दरिद्रता छ भने आर्थिक दरिद्रताले पुर्ती गर्न सक्दैन। गरिबलाई धन दिएर धनी हुन्छ। तर कोहि मान्छे चाहिँ मानसिक हिसाबले दरिद्र छ भने त्यस्को दरिद्रतालाई पुर्ती गर्न गार्हो हुन्छ। त्यसकारण बिकाशको कुरा गर्दा भौतिक बिकाश र मानसिक बिकाश संगै गर्नुपर्छ।
सिक्किममा चाहिँ दुइटै कुरा संगसंगै भएको छ भन्ने मलाई लाग्छ। जस्तो: गाउँमा बाटो पुगेको छ। एउटा किशान खेतबारीको छेउमा गाडी लगेर कुटो कोदालो लिएर काम गर्छ। त्यहीँ गाडिमा तरकारी फलफुल कृषि उपज कुटो कोदालो आदि लिएर गाडिमा आउँछ। दक्षिण एसियामा यस्तो किसिमको ठाउँ चाहिँ बहुत कम छ। यसरी भौतिक र मानसिक हिसाबले पनि बिकाश भैरहेको लागेको छ। नेपालमा चाहिँ मास्टर डिग्री गर्ने बारिमा पस्दै पस्दैनन अपबाद बाहेक । पसे पनि खेतिबाली अनि बोट बिरुवाबारे जान्दैनन् ।
त्यसकारण मेरो सोच त्यहाँ चाहिँ स्कुल तह देखिनै हुन्सक्छ भने ८– ९ कक्षा देखि होइन भने बिश्वबिधालयको पहिलो तह देखिनै टेक्निकल एजुकेसन , बिद्यार्थीहरु केमा चाख राख्छन् त्यसै बिषयमा लैजाने , उदाहरणका लागि चिया, अलैंची , फलफूल, पशुपालन आदिमा बिकाश गर्दै गयो भने सानो राज्यले पनि निर्यात गर्न सक्ने हुन्छ। केही सीप नजान्ने शिक्षा भन्दा टेक्निकल शिक्षा, बैज्ञानिक शिक्षामै जोड दिनुपर्छ भन्ने लाग्छ। आगामी युवाहरु सरकारले रोजगार दिन्छ भन्दा पनि उधोग ब्यावसायी बनेर सरकारलाई कर तिर्ने सिक्किमलाई थप मजबुत बनाउने आत्मनिर्भर नागरिक बनाउन तर्फ ध्यान दिनुपर्ने हुन्छ।
मातृभाषाको बिषयमा
हामी संग धेरै भाषा भएको हुँदा जो विद्यार्थीको नेपाली बाहेक मातृभाषा छ भने उस्ले आफ्नै भाषाबाट स्कुल प्रवेश गरोस् । प्री स्कुल १-२-३ कक्षासम्म मातृभाषाबाट जानोस ताकी उसलाई स्कुल प्रवेश सजिलो होस् । मातृभाषाबाट एम ए, पिएचडी हुनुपर्छ भन्ने संभावना पनि नहोला। मानिलिउ एउटा लेप्चा बच्चाले प्रीस्कुल लेप्चा भाषामा पढ्दा पढ्दै बिस्तारै उस्को माध्यम भाषा नेपाली पढोस। त्यसपछि माथिल्लो ५ – ६ देखि अङ्ग्रेजी भाषा पढे राम्रो हुन्छ।
नेपालमा चाहिँ एक कक्षाबाटै नेपाली अंग्रेज़ी सुरु गरेको छ। माथी गएर संस्कृत पनि राखेको छ। अहिले आदिवासी जनजातिले आफ्नो मातृभाषा पनि राखेका छौं। कुन लेबलबाट के प्रयोजनका लागि निर्धारण छैन। कुन भाषा कुन प्रयोजन लागि ? जस्तो: मातृभाषा शुरुका लागी, दोस्रो भाषा नेपाली हुन सक्छ। त्यसपछि बिदेशी भाषा सिकाउनुपर्छ। अन्तर्राष्ट्रिय हिसाबले अंग्रेजिसंग अरुको तुलना हुनै सक्दैन, फ्रेन्चले भनोस या जापानले उस्ले अहिले बाजि जित्दैन।
हामी कहाँ अङ्ग्रेजी ठिक पढाई भएकै छैन। हामी नेपाली बिदेशमा गएर एक बर्ष भाषा सिक्यौं भने एम ए र एम एस्सी पढ्ने हुन सक्छौं। नेपालमा चाहिँ १६ बर्ष अङ्ग्रेजी पढे पनि चिठी ठिक संग लेख्न सक्दैन। किताब पढन सक्दैन। सिक्ने बर्ष भन्दा सिक्ने तरिका ठूलो हो। सिक्किम जस्तो राज्यले पनि त्यस्तो गर्न सक्छ। त्याहाँको शिक्षाबिदहरुले कस्तो शिक्षानीति बनाउनुभाको छ। मातृभाषाबाट धेरै माथी जान सक्दैन। जस्तो अहिले लिम्बू गाको छ। लिम्बू एउटा अप्सनको हिसाबले पढाई होस् । तर मिडियम चाहिँ एउटा तहदेखी नेपाली अर्को तहदेखी अङ्ग्रेजी भयो भने भाषामा राम्रो दख्खल हुन सक्छ।
दक्षिण एसियाली मुलुकहरुमा भाषाको भोलिको अवस्था अन्धकार छ। किनभने संन्सारका छ हजार भाषा सय बर्ष पछि एक सय भाषा मात्रै रहन्छ भनेर भाषा बिज्ञानका बिद्वानहरुले भन्ने गरेका छन। ५ हजार १९ भाषा मर्छन भनेका छन। त्यो एक्स्ट्रीम सोचाई पनि हुन सक्छ। दिनदिन्नै ५ – ७ भाषा मरिरहेका हुन्छन् । नेपालकै पनि त्यस्तै स्थिती हुन्छ। राई जातिमा केही समयअघि सम्म ३६ भाषा थियो। पछि ३४ भयो, २८ भयो अनि अहिले २४ वटा भाषा मात्रै बोल्छन् । अबको पाँचबर्ष भित्र तीन वटा राई भित्रकै भाषा मर्दैछन।
साना भाषाहरु प्रयोग र प्रयोजनका हिसाबले मर्दै छन् । भाषामा मत्स्य न्याय भन्छन् नि त्यही हुन्छ। सानोलाई ठूलो भाषाले खान्छ। भाषाबिदहरुले त अङ्ग्रेजी लाई किलरनै हो भन्या छन् ।
भाषा मर्दा भाषा मात्रै मर्दैन त्यो भित्रको ज्ञान आदि मर्छन। एउटा मान्छेले आफ्नो भाषा जान्नु भनेको आफ्नो परिचय हो। भाषा जान्नु त्यो भित्रको संस्कार र संस्कृति जान्नु पनि हो। अहिले बोर्डिङ पढ्ने बच्चा र हामी गाउँमा बस्ने , हुर्केकाहरुको रेस्पोन्स गर्ने तरिकानै फरक छ। नानी तिम्रो नाम के हो भन्यो भने “रामबहादुर” भन्यो सकियो। हामिले गाउँमा पढ्दा तिम्रो नाम केहो नानी भन्दा “कमला” हो बाजे अथवा “रिता” हो काका। यसरी साइनो लाएर बोल्छन्, यो सकियो। मलाई ठूलो खेद चाहिँ अङ्ग्रेजी राम्रो जान्ला तर समाजमा भएको शिष्टता, मर्यादा हराएर जान्छ।
उदाहरणका लागि राईहरु पहाडमा बस्ने हुनाले पहाडहरुका अग्ला अग्ला नामहरु जान्दाछन। कमिलाका प्रकार कत्ती हुन्छन् ? बाँसनै १२, १५ किसिमको हुन्छ। नेपालिमा बाँस भन्यो सकियो, मलबाँस, धिरीबाँस होला सकियो। त्यसकारण भाषा भित्रको संस्कार संस्कृती मिठास ओज हराएर जान्छ। संधै एउटै फुल फुलिरहेको हुन्छ। नेपालका युवाहरुलाई म त भन्छु सिक्किम, दार्जीलिङ, कलिम्पोङ भ्रमण गर्ने उताकाले यता गर्ने हो। खुलेरै भन्दा पत्रचार गर्ने अहिले त प्रबिधिले सहज बनाएको छ। प्रेम गर्ने बिहेबारी गर्ने त्यताको राम्रो कुरा हामी सिक्छौं।
हाम्रो राम्रो कुरा उनिहरुले सिक्छन। उदाहरणका लागि अग्रेजको पालादेखिनै कसरी खाने? कसरी फुल रोप्ने ? कसरी बस्ने, बोल्ने? सिस्टम सिकाएको छ। नेपालमा चाहिँ पछि पर्यो । केही लाहुरे दाजुभाईले ,केही बाहिर गएकाले सिकाएका छन। युवाहरुको देश दर्शन चिनाजानी एकदमै जरुरी छ। नेपालमा यस्को सकारात्मक थालनी भएको देखिन्छ। बैबाहिक सम्बन्धले चाहिँ अझै मजबुत बनाउँछ।
सिक्किमको हकमा भन्नुपर्दा म जस्ता पुस्ताले त्यो बेलाको भोटे राजाको शोषण देखेका छन् । त्यसबाट कसरी मुक्ती पायो ? त्यो भोगेको छ अनुभुती गर्नु भनेको ठूलो अवसर पनि हो । जोखिम पनि हो। त्यसपछिको परिवर्तनमा सहभागी भएका छन् । अहिलेको नयाँ पुस्ताले पुर्खाको दु:ख बिर्सनुभएन। त्यो समय र जीवन अध्ययनको एउटा अध्याय हो। अहिलेको सिक्किम रेडिमेड होईन । मेहनतको परिणाम हो। पवन कुमार चाम्लिङको नेतृत्वदायी भुमिकामा आमा बुवा र बाजे बजुको परिश्रमले बनेको हो। बिगत ३० बर्ष अघिको सिक्किम कस्तो थियो। शिक्षा , स्वास्थ्य, बाटोघाटो, पुल, सडक, घरगाँउको अवस्था बुझ्न सुन्न जरुरी छ। सबैले बुझेर अगाडी बड्न जरुरी छ। बिश्वमै सिक्किम सुन्दर बगैंचा जस्तो भुस्वर्ग बन्दैछ। अहिलेको सिक्किम निर्माणको असली कालिगड (SDF) र पवन चाम्लिङ हुन्।
प्रा.डा.नोबल किशोर राईसंग गाउँले अन्लाइनका प्रधान सम्पादकले कुराकानीमा आधारित भएर तयार गरिएको लेख हो। – गाउँले अन्लाइनबाट