यु–२० महिला टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए
साफ यु–२० महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेका नेपाली फुटबल टिमका ११ खेलाडी प्रशिक्षणबाट बाहिरिएका छन् । ४१ खेलाडीमध्ये ११ खेलाडी बाहिरिएका हुन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बन्द प्रशिक्षणमा रहेको टिमलाई मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार ३० सदस्यमा झारेका हुन् । नेपाली यु–२० महिला टिमले बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा सहभागिता जनाउने तय भएको छ । बंगलादेशको ढाकामा हुन लागेको प्रतियोगिता फेबु्रअरी ३ देखि ९ सम्म चल्नेछ ।
नेपाली टिम
गोलकिपर : कविता बिक, सावित्री किशन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ
रक्षक : सविना चौधरी, सजनी किशन, सुरु हमाल, सुनिता भोलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया
मिडफिल्डर : कुमारी तामाङ, तुलसा बोहरा, सुस्मा जिटी, कुशुम खतिवडा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचाम्सी, सरस्वती हमाल, हिमा रावत, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, अन्जली चन्द, सन्दीपा भोलन



