नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा रेवतीरमण भण्डारी  मनोनित  भएका छन् ।

सुनसरीको क्षेत्र नम्बर २(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका भण्डारीलाई प्रमुख  सचेतक मनोनित भएका हुन् ।

कानुनका विज्ञ समेत रहेका उनलाई बिहीबार नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गरे ।