स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११औँ तहमा बढुवाका लागि पाँच विशेषज्ञको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिले विभिन्न समूहका १०औँ तहका विशेषज्ञलाई कार्यक्षमता मूल्यांकन प्रक्रियाका आधारमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस सूचीमा पर्नेहरूमा मेडिसिन समूह जनरल मेडिसिन उपसमूहअन्तर्गत प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन पदमा डा. दीपक सिग्देल, मेडिसिन समूह चेस्ट डिजिजेज उपसमूहतर्फ प्रमुख कन्सलटेन्ट चेस्ट डिजिज पदमा डा. नवीनप्रकाश साह र मेडिसिन समूह फरेन्सिक मेडिसिन उपसमूहतर्फ प्रमुख फरेन्सिक मेडिसिन अधिकृत पदमा डा. वीरेन्द्रकुमार मण्डल छन् ।

यस्तै, सर्जरी समूह, जनरल सर्जरी उपसमूहतर्फ प्रमुख कन्सलटेन्ट सर्जन पदमा डा. जनार्दन पन्थी र सर्जरी समूह अर्थोपेडिक सर्जरी उपसमूहतर्फ प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पदमा डा. भरतबहादुर खत्री बढुवाका लागि सिफारिस भएका छन् ।

सिफारिसमा परेकाहरूलाई मन्त्रिपरिषद्ले बढुवा गर्ने व्यवस्था छ ।