कहिले आउला जनगणनाको नतिजा ?

–निनाम लोवात्ती
नेपालमा जनगणनाको इतिहास हेर्दा विसं १९६८ देखि आधिकारिक रुपमा जनगणना गर्न सुरु भएको देखिन्छ । त्यसो त जंगबहादुर राणाको पालामै जनगणाना गर्नेगरेको तथ्यांक रहेको छ । उनको पालामा काठमाडौ खाल्डो (तत्कालीन समयमा नेपाल भनी चिनिने) र पश्चिमका केही गौडामा मात्रै जनगणना भएको भन्ने विज्ञहरुको भनाइ रहेको छ । तर अचम्म के छ भने, नेपालमा भएका हालसम्मका जनगणनाका कुनै पनि तथ्यांकलाई भर पर्दो मान्ने गरिएको छैन । यसरी हरेक १०–१० वर्षमा हुने गरेको जनगणनाको तथ्य–तथ्यांक भर पर्दो छैन ! भन्ने भनाइ रहनुमा अनेक तथ्यगत कारणहरु पनि रहेको देखिन्छ । त्यतातर्पm अहिले नजाऔं । यो लेखमा ०४८, ०५८ र ०६८ देखिको जनगणनामा औं १० औं ठूलो जनसंख्या रहँदै आएको ‘राई !’ जातिबारे विशेष फोकस गरिएको छ । किनभने अरु जातजातिको पनि जनसंख्या घट्ने वा बढ्ने क्रम जारी नै रहेको छ र, रहने छ । तर १२ औं जनगणनाको तथ्य–तथ्यांक सार्वजनिक हुँदा हालसम्म राई जाति भनी चिनिदै आएको राईको जनसंख्यामा ठूलो पैमानामा घटेर आउनेवाला छ । आखिर एकैचाटि ‘राई !’ जातिको जनसंंख्या किन घट्दैछ त ? सोबारे यो लेखमा केही उल्लेख गरिने छ ।

तथ्यांक हेर्दा २०४८ मा भएको ९ औं जनगणनामा राई जातिको जनसंख्या ५ लाख २५ हजार ५५१ रहेको थियो । त्यस्तै २०५८ को १० औं जनगणनामा राई जातिको जनसंख्या ६ लाख ३५ हजार १५१ रहेको थियो भने, २०६८ को ११ औं जनगणनामा राई जातिको जनसंख्या ६ लाख २० हजार ४ रहेको थियो÷छ । तथ्यांक स्रोतः केन्द्रीय तथ्यांक विभाग । यसरी हेर्दा २०४८ र २०५८ मा देशको समग्र जनसंख्या दर जसरी बढेको थियो, त्यसरी नै राई जातिको जनसंख्या दर बढेको देखिएन, २०६८ को ११ औं जनगणनामा । उल्टै विसं २०६८ को ११ औं जनगणनामा राई जातिको जनसंख्या लगभग १५ हजार संख्या घटेर ६ लाख २० हजार ४ जनामा झर्यो । किन त्यस्तो भयो ? भन्ने सम्बन्धमा नेपालका जनसंख्याविद, जातिविद र स्वयम् “राई !” ‘पद, पदवी वा पगरी नभएर जात वा जाति हो !’ भन्नेहरुको संस्था राई यायोक्खाका प्रमुखहरुले पनि कहिल्यै खुलेर। वस्तविकता बताएनन्, चँु….सम्म गरेनन्, मुख खोलेनन् । जबकि २०४८ र २०५८ मा जस्तै राई जातिको जनसंख्या स्वाभाविक रुपमा बढ्दै गएको भए २०६८ को ११ औं जनगणनामा राई जातिको जनसंख्या कम्तिमा ६ लाख ९० हजारदेखि माथि र ६ लाख ९५ हजारसम्म वा ७ लाख ५ हजारदेखि ७ लाख १०–१२ हजारसम्म पुग्नुपर्ने थियो, उल्टै लगभग १५ हजारको संख्यामा अस्वाभाविक रुपमा राई जातिन्को जनसंख्या किन घट्यो ? कसै प्रश्न गरेन, कसैले सोधखोज गरेनन् ।
२०४८ र २०५८ को तुलनमा २०६८ मा राई जातिको जनसंख्या लगभग १५ हजारको संख्यामा अस्वाभाविक रुपमा राई जातिको जनसंख्या घट्नुको मुख्य कारणमा २०६८ अघिसम्मको जनगणनामा राई जाति भन्दै÷लेख्दै आएका कुलुङ, याम्फु, आठपहरिया, बान्तावा, मेवाहाङ, बाहिङ, लोहोरुङ लगायत १२ वटा किराती महाजातिभित्रका समुदायले जातिको महलमा ‘राई !’ नलेखेर ‘कुलुङ, याम्फु, आठपहरिया, बान्तावा, मेवाहाङ, बाहिङ, लोहोरुङ’ भनी लेखे । अझ धेरै जसोले ‘कुलुङ राई, याम्फु राई, आठपहरिया राई, बान्तावा राई, मेवाहाङ राई, बाहिङ राई, लोहोरुङ राई’ आदि लेखे । सोही कारणले गर्दा शुद्ध रुपमा ‘कुलुङ जाति लेख्नेहरुको जनसंख्या २८ हजार ६१३, याम्फु जाति लेख्नेहरुको जनसंख्या ६ हजार ९३३, आठपहरिया जाति लेख्नेहरुको जनसंख्या ५ हजार ९७७, बान्तावा जाति लेख्नेजाति हरुको जनसंख्या ४ हजार ६०४, मेवाहाङ लेख्नेहरुको जनसंख्या ३ हजार १००, बाहिङ जाति लेख्नेहरुको जनसंख्या ३ हजार ९६ र लोहोरुङ जाति’ लेख्नेहरुको जनसंख्या १ हजार १५३ मात्रै आएको थियो । यसरी हेर्दा लगभग ७६ हजारको हाराहारीमा ‘राई जाति’ को जनसंख्या घट्यो । त्यस्तै १० वर्षको अवधिमा केही हजार राईहरु बेलायत, क्यानडा, अमेरिका, हङकङ, अष्ट्रेलिया, भारत, जर्मनी लगायत देशमा स्थाई रुपमा बसाईँ सरेर गए ।
त्यसैले १२ औं राष्ट्रिय जनगणनाको तथ्य–तथ्यांक कस्तो आउँछ ? सबै धार्मिक समूह, लिंग, भाषाभाषी, जातजाति, समूह, भिन्न क्षमता भएका लगायत अन्य वर्ग र पिछडिएको क्षेत्र आदि सबैसबैमा चासो रहेको छ । सबैलाई आ–आप्mनो धार्मिक समूह, भाषाभाषी, जातजाति, समूह, लिंग, भिन्न क्षमता भएका लगायत अन्य वर्ग र पिछडिएको क्षेत्रको संख्या कति सही आउला ? खुल्दुली र चासो रहेको छ । किनभने नेपालमा कसको जातीय स्वपहिचान के हो, भन्ने भन्दा पनि कसको ठूलो समूह वा भीड छ, उसैको….रहने गरेको छ । त्यसैले सबैले हाहाहुहु र हुलमुलमै अवसर देख्ने वा अवसर पाईने भन्ने अर्थमा बुभ्mने गरेको वा बुझाई रहेको हुनाले पनि नेपालका धार्मिक समूह, भाषाभाषी, जातजाति, समूह, लिंग, भिन्न क्षमता भएका र पिछडिएको क्षेत्रले विशेष चासो लिने गरेका छन् ।
हुनत राई जातिका सम्बन्धमा भन्नु पर्दा नेपालमा राई जातै हो र राई जात होइन पद, पदवी रवा पगरी मात्रै हो भन्नेबीच माथापच्ची भई रेहको छ । खास गरी यस्तो माथापच्ची विगत २२, २३ वर्षदेखि चली रहेको छ । राई जातै हो भन्ने पक्षका कामरेडहरुले दिने तर्क यस्तो छ ‘–जसले राई होइन भन्दैछ, उसको नागरिकता, तीनपुस्ते, जग्गा–धनी पूर्जा, स्कूल, कलेज, क्याम्पस र विश्वविद्यालय पढेको सर्टिफिकेट, वृद्धभत्ता कार्ड, निजामती कर्मचार िशिक्षक, पेन्सन–पट्टा आदिमा समेत राई छ !’ त्यस्तै राई जाति वा जाति होइन, पद, पदवी वा पगरी मात्रै होइन भन्ने पक्षले चाहिँ राई शब्दको व्यत्पत्ति ‘राय’/‘राया’ वा ‘राइ’हो । यो शब्दले सुरुमा कुनै जात वा जाति जनाउँथेन । फलतः हुँदै ‘पूर्वमा ‘राय’÷‘राया’ वा ‘राइ’, ‘राई’ शब्दको प्रयोग सेन शासनकालदेखि मात्रै सुरु भएको हो । त्यो भन्दा पर गएको देखिदैन । त्यसैले हामी सो राई पद, पदवी वा पगरलिाई जाति मान्दैनौं भन्दै आएको हो । इतिहास हेर्दा सेनकालदेखि हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकर्ण ‘राय’ अहिले तेह्रथुम जिल्लाको ‘छ–थर भेग’का एक थरी (खेवा थरको) लिम्बुहरुपूर्खा भएको प्रमाणित पनि भएको छ ।
त्यसैले केन्द्रीय तथ्यांक विभागले कसैले आएर कुनै एनजिओको नाममा हुल हुज्जत गर्दैमा डराएर वा प्रभावमा परेर विसं २०७८ मा गरिएको १२ औं राष्ट्रिय जनगणनाको तथ्य–तथ्यांकलाई तोडमोड गरेर प्रकाशित नगरोस्, आप्mनो प्रतिवेदन ‘दूधको दूध पानीको पानी’ भनेभैmँ तल तलबाट (गाउँ, टोलबाट) जस्तो आएको छ, त्यस्तै र, केतविले नै दिएको जातिगत र भाषागत कोडअनुसार नै प्रकाशित गरोस्, भन्ने आग्रह गर्दै योृ लेख टुंग्याउँछु ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९, E-mail :ninamkirat123@gmail.com