Logo

वैज्ञानिक समाजवादको रोडम्याप


 

आशकुमार राई

‘द कम्युनिष्ट मेनिफेस्टो’ तथा ‘वैज्ञानिक साम्यवाद’का प्रवर्तक कार्ल माक्र्स र फ्रेरेडिक एङ्गेल्सद्वारा लिखित २१ फ्रेबुअरी सन् १८४८ मा महान तथा ऐतिहाँसिक दस्तावेज जब पहिलो पटक सार्वजनिक भयो, त्यसपछी विश्व राजनीतिमा यसले हलचल मात्र ल्याएन विश्वभरी नै क्रान्तिको आगो सल्काउँदै कम्युनिस्ट पार्टी स्थापनाको लहर चलायो। त्यहिँ समयदेखि वैचारिक हिसाबले पुँजिपती, मालिक र श्रमिक, उत्पीडित, शासक र शासितहरुकोवीचमा औपचारिक रुपमा कित्ताकाट भयो। त्यसपछी संसार भरी नै पुजिपती र मजदुर सर्बहारा, उत्पीडक र उत्पीडित, शासक र शासित, शोषक र शोषितवीच आमनेसामने भई पेचिलो ढंङ्गले वर्गसंघर्ष चल्यो। वैज्ञानिक साम्यवादको लक्ष्य हासिल गर्न वर्गसंघर्षको सिद्धान्तलाई अगाडि सारिएको त्यो घोषणा-पत्र तत्कालीन अवस्थामा युरोपियन मजदुरको निम्ति सबै भन्दा ठूलो क्रान्तिको वैचारिक हतियार तथा साधन मात्र बनेन आजसम्म पनि संसारभरिका सर्वहारा एवं श्रमजीवी जनताको माझ मार्गदर्शक दस्तावेजको रूपमा स्थापित छ ।

१८४६ मा स्थापना भएको कम्युनिष्ट लिग सन् १८५२ मा विघठन भएपछी माक्र्सको पहलकदमीमा सन् १८६४ मा प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रिय गठन भयो र त्यसको मार्गदर्शनमा सन् १९७१ मा पेरिस कम्युनको स्थपना भयो जुन जम्मा ७२ दिन मात्रै टिकेको थियो । पेरिस कम्युनको विघठन पछि सन् १८७६ मा प्रथम अन्तर्राष्ट्रियको छैठौं महाधिवेशनसंगै प्रथम अन्तर्राष्ट्रियको पनि विघठन भयो । सन् १८८३ मा कार्ल माक्र्सको निधनपछि फेरि फ्रेडरिक एंगेल्सको पहलमा १४ जुलाई १८८९ पेरिसमा २० देशका ३९१ प्रतिनिधि भेला भई दोस्रो अन्तर्राष्ट्रियको निर्माण भयो । दोस्रो अन्तर्राष्ट्रियको तेस्रो अधिवेशनपश्चात ६ अगष्ट सन १८९६ मा एंगेल्सको मृत्यु भयो । १९०७ अगष्टमा भएको सातौं अधिवेशनबाट लेलिनको सहभागिता हुँदै सन् १९१० मा आठौं, सन् १९१२ मा नवौं महाधिवेशन पछि सन् १९१५ मा दोस्रो अन्तराष्ट्रिय पनि विघठन भयो ।

सन् १९१७ मा रुसि अक्टोबर क्रान्ति सम्पन्न भएपछी विश्वको झण्डै एकतिहाई भू-भाग कम्युनिस्टको नियन्त्रणमा आयो। अक्टोबर क्रान्तिपछि १९१८ मा जर्मनी र फिनल्याण्डमा पुँजीवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि अल्बानिया, हंगेरी, चेकोस्लाभाकिया, पोल्याण्ड, युगोस्लाभियामा क्रान्ति भयो भने अष्ट्रिया, हंगेरी, पोल्याण्ड, जर्मनी, लाटभिया, लिथुनिया, इस्टोनिया, अर्जेन्टिना आदि देशहरूमा कम्युनिस्ट पार्टी स्थापना भए । १९२४ जनवरी २३ मा रुसी अक्टोबर क्रान्तिका नेता तथा विश्वको पहिलो समाजवादी आन्दोलनले जन्माएको नेता लेनिनको मृत्यु पछि फेरि १९५३ मा लेनिनको उत्तराधिकारी स्टालिनको पनि मृत्यु भयो। सन् १९५६ मा सोभियतसंघको कम्युनिस्ट पार्टीको बीसौं महाधिवेशनबाट ख्रुश्चोभको हातमा पार्टी र सत्ता पुग्यो। भनिन्छ त्यहिँ समय देखि कम्युनिष्ट आन्दोलनमा आधुनिक संशोधनवादको जन्म भयो। १ अगष्ट १९४९ मा माओको नेतृत्वमा जनबादी क्रान्ती पूरा भईसकेको थियो। सन् १९९० मा आएर सोभियत सत्ता ढलेपछि विश्वमा कम्युनिष्ट आन्दोलन संकटग्रस्त अवस्थामा पुग्यो र एकाएक कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगे ।

सोभियत संघको विघठनसंगै विश्वमा कम्युनिष्ट पार्टी र जनवादी सत्ताहरू पनि भत्किन पुगे भने कतिपय राष्ट्रमा कम्युनिष्ट आन्दोलनले सही नेतृत्व र विचारको विकास गर्न नसक्दा कम्युनिष्ट आदर्शबाट च्युत हुन पुगे । सोभियतकालीन समयमा नै कम्युनिष्ट सत्ता स्थापना भएको चीन आज विश्व राजनीतिको एक शक्तिको रुपमा अझै स्थापित छ । अन्य कम्युनिष्ट देशहरू जस्तै पूर्वी जर्मनी, सोभियतसंघ लगायतका देशले शीतयुद्धकालिन समयमा ठूलै संघर्ष र प्रयत्नहरु गरेपनि यी राष्ट्रहरुमा साम्यवादीहरूको पकड नमज्जाले गुमेको तितो यथार्थ छर्लङ्ग छ । यद्यपि विश्वमा अझै पनि कम्युनिष्टहरुले समाजबादी सत्ता स्थापनाको निमित्त सशस्त्र, शान्तिपुर्ण तथा विभिन्न किसिमको पर्यत्नहरु भने जारी राखेका छन। त्यस्तै नेपालमा पनि किसिम किसिमका प्रयत्नहरु नभएका होईनन । त्यसकै सिलसिलासंग जोडिएका प्रयत्नहरुमध्ये एउटा थियो ‘माक्र्सवाद अध्यायन–अनुसन्धान प्रतिष्ठान’ को स्थापना । यो प्रतिष्ठान अन्तर्गत चारवटा विषयहरुमा अध्यायन–अनुसन्धान गरिएको थियो । अध्ययनका विषयहरु थिए– दर्शन, विज्ञान, इतिहाँस र माक्र्सवाद । ती अध्यायन–अनुसन्धान गरिएका विषयहरुमा लामो समयसम्म कक्षाहरु पनि संचालन गरिएको थियो । ती अध्यायन–अनुसन्धानबाट प्राप्त तथ्य र निष्कर्षहरुलाई लेखक तथा समाजबादी चिन्तक रमेश सुनुवार र राजकुमार श्रेष्ठले ‘वैज्ञानिक समाजवादको रोडम्याप’ नामको एउटा पुस्तक तयार पारी साईन्स सोसाईटि’ले बजारमा ल्याएको छ । यो पुस्तकमा समाजवादी आन्दोलनको विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजनाहरु तथ्यगत ढंङ्गले अगाडि सारिएको छ । अहिले विश्व नै बैचारिक संकटबाट गुज्रीरहेको यो समयमा एउटा नयाँ बिचारधारा अगाडि आएको कारण अलि लामो भुमिका सहित यो आलेख त्यहिँ पुस्तकको बारेमा तयार पार्न लागिएको हो, जसले उक्त पुस्तक पढन र बुझनको निमित्त अलि सहज बनाईदिने छ ।

सामाजिक क्रान्तिको निमित्त आवश्यक बैचारीक आयामको लागि यो पुस्तकले महत्त्वपूर्ण भुमिका खेल्ने छ। र नया बैचारिक आयाममा घनिघुत र सान्दर्भिक बहसको आयोजना गर्ने छ। यो उत्तर आधुनिक युगको समयमा टेकिरहेको विश्वलाई नया उचाईमा पुर्‍याउने भुमिका खेल्ने छ। त्यसैले यो बैज्ञानिक समाजबादको रोडम्याप आम सचेत मानिसहरुको लागि पठनिय छ।

यस पुस्तक भित्रको विषयबस्तु मुल त यो विश्वस्तरिय सयौं दार्शनिक पुस्तकहरुको गहन अध्ययन र संसारभरी विभिन्न मोडलमा भएका अनपेक्षित परिणाम ब्यहोरेका समाजवादी क्रान्तीको दृष्टान्तहरुपछि निस्किएको नयाँ विचारको निस्कर्षहरुको संग्रह हो। यसभित्र, पूर्वीय दर्शनको चारबेददेखि भारतिय दर्शन, चिनिया दर्शन, बुद्ध दर्शन लगायत संग्रहित सम्पुर्ण पूर्वीय ज्ञानहरुको बारेमा जानकारी राखिएको छ। पश्चिमा दर्शनको विकासको सम्पुर्ण जानकारी राखिएको छ। त्यस्तै सम्पुर्ण इतिहासको बारेमा जानकारी राखिनुका साथै विज्ञानको सर्वाङ्गीण विकाशको बारेमा सिलसिलाबद्द तरिकाले तथ्यसंङ्गत व्याख्या र विश्लेषणहरु गरिएको छ। र, अन्त्यमा यो पुस्तकको मुख्य वैचारिक विषय, वैज्ञानिक समाजवाद’लाई नयाँ दर्शनको रुपमा स्थापित गर्न खोजिएको छ। जुन विचारलाई यसरी प्रस्तुत गरिएको छ।

वैज्ञानिक समाजवाद (वैज्ञानिक समाजवाद विज्ञान प्रबिधिको आधारमा निर्माण हुने सामाजिक ब्यावस्था हो)। वैज्ञानिक दर्शन विज्ञानमा आधारित दर्शन हो। जुनबेला दर्शन आफै सार्वभौम थियो त्यो बेला दर्शनले सम्पुर्ण विज्ञानलाई मार्गदर्शन गर्दथियो। र दर्शनलाई विज्ञानको पनि विज्ञान मानिन्थ्यो । तर दर्शनको त्यो भुमिका घटदै आएर अहिले विज्ञानका निस्कर्षहरुको विश्लेषण गर्ने भुमिकामा सिमित रहन पुगेको छ। अहिले दर्शनको काम मार्गनिर्देशन तथा शासन गर्नु होईन, बिज्ञानले खोजेका तथ्य र निस्कर्षहरुको विश्लेषण गर्नु हो। त्यसकारण अहिले दर्शनको आफ्नो कुनै स्वायत्तता र निस्कर्ष छैन। जस्लाई बिज्ञान’ले विश्लेषण गर्ने भुमिका दिईरहेको छ। जुन हिजोको सत्ता जस्तो काल्पनिक हुँदैन। बैज्ञानिक समाजवाद तथ्य र बस्तुगत बिषयबस्तुमा आधारित छ। वैज्ञानिक दर्शनको संघठक अंङ्गहरु (१) तर्कशास्त्र, (२) गणित, र (३)बिज्ञानलाई मानिएको छ।

बैज्ञानिक समाजवादी अर्थसास्त्रका संघठक अंङ्गहरु  (१)  मुल्यको उपयोगिता सिद्धान्त  (२) उत्पादनशक्तिको रुपमा बिज्ञान-प्रबिधी  (३) सामाजिक स्वामित्वलाई अगाडि सारेकोछ।

“उत्पादन शक्ति” मानवजिवन’को लागि आवश्यक बस्तुहरु जुन स्रोतबाट प्राप्त हुन्छ, त्यो नै उत्पादन शक्ति हो । र मानिसहरुको आधारभुत आवश्यकता जुन साधनबाट पूरा हुन्छ त्यो नै समाजको आधार हो। उत्पादन शक्ती निरन्तर परिबर्तन हुन्छ। उत्पादन शक्तिमा आएको परिवर्तन’कै कारण विभिन्न सामाजिक व्यवस्थाहरु आएका हुन। मानव समाजमा अहिलेसम्म चारवटा सामाजिक व्यवस्थाहरु आईसकेका छन। ती चारवटै सामाजिक व्यवस्थाहरुको आ-आफ्नै उत्पादन शक्ति छन। जस्तै जंङ्गली युगमा उत्पादन शक्ति प्रकृति थियो। त्यस्तै दास युगमा मानव श्रम, सामन्ती युगमा जमिन, पुजिबादी युगमा पुँजी हुँदै बर्तमान युगको उत्पादन शक्ति उध्योगको संयोजनबाट विज्ञान-प्रविधी प्रत्येक्ष उत्पादक शक्तिको रुपमा अगाडि आएको छ। यो १९४५ को दोश्रो विश्वयुद्दको अन्त्यपछी श्रमिक बर्गले उत्पादन गर्ने प्रक्रियाको ठाउँमा विज्ञान-प्रबिधिले उत्पादन गर्ने प्रक्रीया तिब्र गतिमा सुरु भयो। विशेषत सन १९५० पछि विज्ञान-प्रविधिको तिब्र विकाश भयो। जस्ले गर्दा मानव श्रमलाई लगातार विस्थापित गर्दै लग्यो। त्यसपछी मानव श्रममा आधारित सामाजिक ब्यावस्था संकटमा पर्‍यो। दोस्रो विश्वयुद्द पश्चात मानव श्रममा आधारित ढलेका ठुला पुँजिबादी सत्ताहरुले पनि फेरि १९४५ पछि बिज्ञान-प्रबिधिको प्रचुर- प्रयोगबाट’नै आफ्नो ढलेको सत्ता पुनर्जागृत गरेका हुन। फलस्वरुप पुँजिबाद फेरि पनि अगाडि बढ्यो। तर समाजवादि ब्याबस्थाको पक्षधरहरुले विज्ञान-प्रबिधिको प्रयोग नगरेर मानव श्रममा आधारित सामाजिक ब्याबस्था नै कायम राख्न खोजे त्यहिँ कारण समाजबादी ब्याबस्था झन-झन कम्जोर हुँदै गयो। १९९१ मा पुग्दा विश्व समाजवादको गजुर सोभियत संघ नै ढल्न पुग्यो। केही समाजबादी देशहरु बिज्ञान-प्रबिधिकै जगमा उभिएको कारण हालसम्म अस्तित्वमा छन।

त्यसकारण अबको विज्ञान-प्रबिधिमा आधारित बैज्ञानिक समाजबादको नयाँ स्वरुपमा (१) बिज्ञान-प्रबिधिमा आधारित समाजबाद। (२) सामाजिक स्वामित्वमा आधारित समाजबाद। ( ३) सामाजिक नियन्त्रणमा आधारित समाजबाद यी सबै राज्य तथा पार्टिको नियन्त्रणमा नभएर समुदाय तथा सामाजिक नियन्त्रणमा हुनेछन।

क्रान्तिको विधि- बैज्ञानिक समाजबादी क्रान्तिको मोडल र विधिमा विश्वमा स्थापित क्रान्तिका तीन बिधिहरु (१) जनआन्दोलन। (२) सशस्त्र संघर्ष। (३) ‎निर्वाचनलाई सापेक्ष भनेको छ। परिस्थिती अनुसार यी तीन बिधिहरुलाई उपयोग गर्नु पर्ने धारणा अगाडि ल्याएको छ।

क्रान्तिका साधनहरुमा ( १) द्वन्द्वात्मक भौतिकबादी विचारधारा। (२) भुमण्डलिकृत पुजीवादबाट उत्पिडनमा परेका सम्पुर्ण पक्षहरुको संङ्गठन। (३) सेनाको रुपमा जनसेना। ( ४) राजनीतिक सत्ताको रुपमा प्रत्येक्ष जनताको शासन। (५) अर्थतन्त्रको रुपमा अन्तर्सम्बन्धित अर्थतन्त्र। समानान्तरमा यिनै पाँचवटा साधनहरुको बिकाश गरि अहिलेको पुँजीवादको विरुद्ध नयाँ सामाजिक ब्याबस्था निर्माण गर्ने कुरालाई अगाडि ल्याएको छ।

विश्व’नै आज वैचारिक संकटबाट गुज्रीरहेको यो अवस्थामा आएको वैज्ञानिक समाजबादी घोषणा पत्र तथा वैज्ञानिक समाजबादको रोडम्याप’ले विभिन्न किसिमका बहसका प्रश्नहरु पनी स्ंगै ल्याएको छ।

विज्ञान-प्रबिधी उत्पादक शक्तीको रुपमा विकास भएको छ, भेनेको मानव श्रमको ठाउँमा विज्ञान प्रविधिले काम गर्छ भनेको हो ? उत्पादन शक्तिबाट मानव श्रमलाई झिकेर मानवश्रमको ठाउँमा बिज्ञान-प्रविधी’लाई राख्दा मानिसको भुमिका बिज्ञान प्रविधिले गर्न सक्छ ? बिज्ञान-प्रबिधि प्रमुख उत्पादक शक्तिको रुपमा आएपछी कसरी वर्गसंघर्ष चल्छ ? बिज्ञान-प्रबिधी उत्पादन शक्तिको रुपमा अगाडि आएपछी उत्पादन शक्तिमा चेतना अथवा मानिसको भुमिका के हुन्छ ? अन्तत विज्ञान-प्रविधि त, मानिसकै चेतनाको उपज हुन र मानिसकै चेतनाबाट सञचालन हुन्छ, भने कसरी विज्ञान प्रविधीलाई उत्पादन शक्तिको भुमिकामा राख्न सकिन्छ ? बिज्ञान-प्रबिधी आफै गतिशिल छ ? विज्ञान-प्रविधियुक्त वैज्ञानिक समाजबाद’लाई कसरी वातावरण तथा प्रकृतिमैत्री बनाउन सकिन्छ ? नेपालको हकमा नेपालि समाजको सापेक्षतामा वैज्ञानिक समाजबाद’लाई कसरी लागू गर्न सकिन्छ ? यो वैचारिक पुस्तकले एकैचोटि यि यस्ता थुप्रै कोणबाट बहसका प्रश्नहरुको पनी उठान गर्दछ।

यो पुस्तक बजारमा आए संगै यो पुस्तक सामाजिकिकरण भएको यो अवस्थाबाट​ अब यो पुस्तक लेखकको मात्रै रहेन, बिशेषत: समुदाय तथा समाजको साथै आम मानिसहरुको पनी भयो। त्यसकारण यो पुस्तकको माध्यमबाट बाहिर आएको यी प्रश्नहरुको उत्तर खोज्ने काम पनि हामी सम्पुर्ण सचेत मानिसहरुको लागि साझा काम बनेर आएको छ। यो बिचार ठिक होला या नहोला, यो दाबी सत्य हो, या होईन। यो प्रश्न गौण हुन सक्दछ। तर यो बिचारको मुल बैचारिक स्प्रीट भनेको समय संगै हरेक कुराहरुमा बदलाब आईसकेको अवस्थामा परम्परागत धारणा, सोचाई, बुझाई, हेराईहरु’लाई बदल्नु पर्दछ। परम्परागत राजनीतिक अभ्यास र परम्परागत बैचारिक दृष्टिकोणले अब यो युगको मानिसहरुको सुहाउँदो सामाजिक ब्याबस्था निर्माण गर्न सक्दैन। यो युगको समाज तथा समुदाय’लाई सम्पन्न बनाउन सकिँदैन । साथै यो युगका आम मानिसहरु’लाई सम्पन्न गराउन सकिँदैन । जुन अहिलेका मानिसहरु’ले खोजिरहेका छन। त्यसकारण यो बैचारिक पुस्तक पढिसकेपछी साँच्चै नयाँ प्रयत्न गर्नु पर्छ भन्ने कित्तामा आफुलाई उभ्याउने छ। परम्परागत सोचाई’लाई भत्काएर नयाँ ढंङ्गको सोचाई र चिन्तनको ढोका खोलिदिने छ। र समाज रुपान्तरणको निमित्त यो युगको मानिसहरु’को सम्पन्नता’लाई सुनिस्चित गर्न, अर्को सामाजिक क्रान्तिको निमित्त आवश्याक बैचारीक आयामको लागि यो पुस्तकले महत्त्वपूर्ण भुमिका खेल्ने छ। र नयाँ बैचारिक आयाममा घनिघुत र सान्दर्भिक बहसको आयोजना गर्ने छ। यो उत्तर आधुनिक युगको समयमा टेकिरहेको विश्वलाई नयाँ उचाईमा पुर्‍याउने भुमिका खेल्ने छ। त्यसैले यो बैज्ञानिक समाजबादको रोडम्याप आम सचेत मानिसहरुको लागि पठनिय छ। र अन्त्यमा संसारमा भईरहेको समाजबादी आन्दोलन एक पछि अर्को ब्यार्थ साबित भईरहेको समयमा समाजबादी आन्दोलन’लाई अरु अगाडि बढाउने यो एउटा सकारात्मक अनि सानदार बैचारिक प्रयत्न हो, पनि भन्न सकिन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्