नेपाल टी–२० का लागि विराटनगर सुपरकिङ्सको टिम घोषणा
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० का लागि विराटनगर सुपरकिङ्सले टिम सार्वजनिक गरेको छ ।
विराटनगरले बुधबार पत्रकार सम्मेलनमार्फत ६ जना विदेशी खेलाडीसहित १७ सदस्यीय टिम सार्वजनिक गरेको हो । सोही कार्यक्रममा विराटनगरले जर्सीसमेत सार्वजनिक गरेको थियो ।
प्रतियोगिताका लागि विराटनगरले जिम्बाब्वेका सिकन्दर राजा, पाकिस्तानका हुसैन तलात, वेस्ट इन्डिजका एन्ड्रे म्याककार्थी, केओन जोसेफ र राज राकी नन्नानसँगै अमेरिकाका गौरान्सु शर्मालाई विदेशी खेलाडीको रूपमा भित्र्याएको छ ।
लिगका लागि विराटनगरले रोहित पौडेललाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । लिगको पहिलो संस्करण पुस ८ गतेदेखि २६ गतेसम्म हुने तालिका छ ।
लिगको पहिलो संस्करणमा विराटनगर सुपर किङ्ससँगै फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागिता छ ।
विराटनगरको टिम
सिकन्दर राजा, हुसैन तलात, एन्ड्रे म्याककार्थी, गौरान्सु शर्मा, केओन जोसेफ, राज रकी नन्नान, रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेककुमार यादव, साहब आलम, अमरसिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदीपसिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल ।



