अथोस सालेम (लिभिङ नोस्ट्राड्यामस) भन्छन्– अर्जेन्टिनाले विश्वकप जित्छ
विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सले खेल्ने सही अनुमान लगाएर ‘लिभिङ नोस्ट्राड्यामस’ को उपनाम पाएका अथोस सालेम फाइनल खेलको विजेता को बन्छ भन्ने पनि अनुमान खेलाएका छन् । नोस्ट्राड्याम १६औं सताब्दीका फ्रान्सका चर्चित भविष्यबेत्ता हुन् ।
भविष्य बताउने ब्राजिलका सालेमले यसअघि बेलायती महारानीको निधन हुने र कोभिड–१९ को महामारी फैलिनेबारे पनि पहिले नै बताएका थिए । उनले कतारमा विश्वकप सुरु हुनु पहिले पनि यी दुई देश उपाधिका लागि भिड्ने भविष्यवाणी गरेका थिए । र, अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई र फ्रान्सले मोरक्कोलाई हराएर फाइनलमा स्थान बनाएसँगै उनको यो भविष्यवाणी सही सावित भएको थियो ।
अहिले उनले आइतबार हुने फाइनल कुन टिमले जित्छ भन्ने पनि बताएका छन् । सालेमले आइतबार हुने फाइनलमा फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जित्ने भविष्यवाणी गरेका छन् ।
उनले आफ्नो अनुमान एक पद्दतिमा आधारित रहेको बताएका छन् । उनले आफ्नो अनुमान ‘कब्बालाह’ पद्दतिमा रहेको बताएका छन् । जसले गणितीय रुपमा सम्भावनाबारे विश्लेषण गर्छ ।



