नामिबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आजको खेलमा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै घरेलु टिमलाई ब्याटिङको निम्तो दिए । शृंखलामा नेपालको यो तेस्रो र नामिबियाको चौथो खेल हो ।
शृंखलामा नेपाल र नामिबियासँगै स्कटल्यान्ड सहभागी छ । वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको पहिलो खेल रद्द भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।
नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग चार विकेटले पराजित भएको थियो । नेपालविरुद्धको दोस्रो खेल रद्द हुँदा नामिबियाले तेस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।