Logo

आज नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले गिरावट


आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो ।

आज २ सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार २ सय ८६ कित्ता शेयर २६ हजार ४ सय ७५ पटक खरिदबिक्री हुँदा १ अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३५ दशमलव ९२ अङ्कले घटेको छ भने उत्पादन समूहको उपसूचक एक सय २३ दशमलव ४७ अङ्कले घटेको छ ।

बैंकिङ समूह नौ दशमलव ७८, विकास बैंक समूह ५३ दशमलव २१, वित्त समूह ३७ दशमलव ७५, होटल तथा पर्यटन समूह ३५ दशमलव ७४ र जलविद्युत् समूह ३५ दशमलव ०३ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

त्यस्तै, लघुवित्त समूह ५८ दशमलव ५७, निर्जीवन बीमा समूह ९१ दशमलव ९५, व्यापार समूह २६ दशमलव २९, लगानी समूह शून्य दशमलव ६९ र अन्य समूह २८ दशमलव २७ अङ्कले घटेको छ। कारोबारपछि सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै तीन दशमलव १२ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै, सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सात दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन्। कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ३० करोड ८३ लाख ५७ हजार र शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार छ सय ६२ कित्ता बराबर कारोबार भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्