लमजुङ प्रहरीले तीनजना मन्दिरका मूर्ति चोर्ने गिरोहलाई पक्राउ गर्यो

मुन्धुमस्टार डटकम — लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बेसीसहर नगरपालिका ११ घर भई हाल बेसीसहर ८ बस्ने २४ वर्षीय राजु परियार, बेसीसहर– ८ का २० वर्षीय विनोद तामाङ र रौतहट घर भइ बेसीसहर– ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिशोर राउतलाई पक्राउ गरेको हो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोलीले खोजतलास गर्दा चोरीका सामानसहित उनीहरू पक्राउ परेका हुन ।
उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिरएको छ । प्रारम्भिक चरणको सोधपुछमा ७ वटा मन्दिरबाट चोरी गरेको उनीहरूले बताएका प्रहरीले जनाएको छ ।