Logo

माछापुच्छ्रे–भ्याली पब्लिक बास्केटबल भोलिदेखि


काठमाडौं, ८ मंसि

भ्याली पब्लिक माविको आयोजनामा १५औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ बिधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमको सहभागिता पक्का भएको छ ।

जुनियर ब्वाइजको प्रतिस्पर्धा पहिलो पटक समावेश गरिएको हो । जुनियर खेलाडीलाई पनि अवसर दिने उद्देश्यले यो स्पर्धा थपिएको प्रतियोगिता संयोजक समेत रहेका भ्याली पब्लिकका इसीए इन्चार्ज पूर्ण न्यौपानेले बताए ।

भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले माछापुच्छ्रे बैंकलाई मुख्य प्रायोजकका रुपमा पाउँदा खुशी लागेको उनले बताए । आयोजकका अनुसार प्रतियोगिता १८ मंसिरसम्म हुनेछ । खेलहरु सुन्दरबस्तीको भंगालस्थित कोर्टमा हुनेछ ।-न्युज कारखाना

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्