Logo

इन्डोनेसियाको जावा टापुमा भूकम्प- कम्तिमा १४ जनाको मृत्यु, सयौँ घाइते


इन्डोनेसियाको जावाको मुख्य टापुमा आएको भूकम्पमा कम्तिमा १४ जनाको ज्यान गएको तथा अन्य सयौँ घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेक्षणका अनुसार पश्चिमी जावाको सियान्जुर सहरमा आएको ५ दशमलव ६ म्याग्निच्युडको यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा रहेको छ । भुकम्पको धक्काको महसुस करिब १०० किलोमिटर टाढाको राजधानी जकार्तासम्म भएको थियो ।

जकार्ताका अग्ला भवनका मानिसहरु पनि डरले आत्तिएर बाहिर निस्केका बीबीसीले लेखेको छ । अधिकारीहरुले मृतकको सङ्ख्या बढ्न र थप पराकम्पनहरु आउन सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमा राखिएका भिडियोहरुमा स्थानीयका क्षतिग्रस्त घर र पसलहरु देखिन्छन् ।

न्युज च्यानल मेट्रो टेलिभिजनका अनुसार सियान्जुरको एउटा अस्पतालमा कम्तिमा ३०० जनाको उपचार भइरहेको छ ।

अधिकांश घाइतेको भग्नावशेषमा च्यापिएर शरीरका विभिन्न हड्डी भाँचिएका छन् । उद्धारकर्मीहरुले भग्नावशेषमा पुरिएका मानिसहरुलाई निकाल्ने प्रयास जारी राखेका छन् । बीबीसी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्