Logo

अन्तर्राष्ट्रिय ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ त्रिशुली नदीमा हुने


नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशुली नदीमा २० औं अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता हुने भएको छ।

‘जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्ने’ नारासहित यही मंसिर ११ गतेदेखि १३ (नोभेम्बर २७, २८ र २९) गतेसम्म त्रिशुली नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता हुन लागेको नाराले जनाएको छ।

उक्त प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीहरूको सहभागी हुनेछन्। प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्री स्टाइल काइकिङ’ गरिने नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

उनकाअनुसार जल यात्रा व्यवसायमा संलग्न रिभर गाइड तथा जल खेलाडीको सीप र दक्षता वृद्धिका लागि हरेक वर्ष यो प्रतियोगिता हुँदै आइरहेको छ।

‘कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने उद्देश्यले हिमालयन ह्वाइटवाटर च्यालेन्ज प्रतियोगिता गर्न लागिएको हो,’ उनले भने, ‘नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जल पर्यटन पनि एक हो। यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि नेपालमा उक्त प्रतियोगिता आयोजना गर्दै आएका छौं।’

साहसिक खेल पर्यटनको लागि नेपाल विश्वको सबभन्दा उत्तम गन्तव्यस्थल हो। अध्यक्ष अधिकारीकाअनुसार र्‍याफटिङ एवम् कायकिङको लागि विश्वका प्रमुख १० नदीमध्ये नेपालका तीनवटा नदी सुनकोशी पहिलो स्थानमा, कर्णाली पाँचौं र भोटेकोशी सातौं स्थानमा पर्छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्