Logo

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट क्यालिब्रेसन उडान सुरू भएको छ। विमानस्थलमा एरो थाइ जहाजले आजदेखि एक सातासम्म क्यालिब्रेसन उडान सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

प्राधिकरणकाअनुसार एरो थाइले आज (२१ नोभेम्बर)देखि मंसिर ११ गते (२७ नोभेम्बर)सम्म विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्नेछ।

एरो थाइले दैनिक अधिकतम छ घण्टा उडान गर्दैछ। नयाँ विमानस्थलको यान्त्रिक परीक्षणमा ४ वटा प्रविधि तथा उपकरणको परीक्षण गरिने विमानस्थल आयोजना प्रमुख बिनेश मुनाकर्मीले जानकारी दिए।

उनकाअनुसार यो अवधिमा विमानस्थलको डिभिओर, आइएलएस, डिएमआई र पिएपिआइको मुख्य परीक्षण गरिन्छ। पोखरा विमानस्थलको क्यालिब्रेसन उडान सकिएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँनेछ।

सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ। परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरूले अनुमति पाउनेछ।

सरकारले १ जनवरी २०२३ (पुस १७)देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ। विमानस्थल सञ्चालनमा आएसँगै पोखराबाट भारतको बनारसमा पहिलो उडान गर्ने बुद्ध एयरले तयारी गरिरहेको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्