Logo

मोरङमा खुकुरी हानाहान, तीनजना समातिए


मोरङमा खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका–४ बस्ने २५ वर्षीय गौतम तामाङसहित तीनजनालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उर्लाबारी–५ बस्ने २६ वर्षीय आसाङ लिम्बूसहित तीनजनालाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उर्लाबारी–६ स्थित बन्द रहेको तरुण क्याफेको बाहिरपट्टिको बार्दलीमा पुरानो रिसिइबीका कारण दुई पक्षबीच खुकुरी प्रहार भएको थियो । त्यसक्रममा तामाङसहित तीनजना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न उनीहरूलाई खुकुरीसहित पक्राउ गरेको जनाइएको छ ।

त्यसक्रममा गम्भीर घाइते भएका गौतमको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । दुई सामान्य घाइतेको उर्लाबारीस्थित गोदावरी अस्पताल र आश्रय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्