Logo

घरेलु मैदानमा नेपाललाई पहिलो शृंखलाको सिरिज


नेपालले राजधानीमा जारी एकदिवसीय क्रिकेट शृंखलाको सिरिज हात पारेको छ। शुक्रबार सम्पन्न सिरिजको निर्णायक खेलमा नेपालले युएईविरुद्ध जित हात पार्दै सिरिज आफ्नो कब्जामा पारेको हो ।

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आशिफ शेखले उत्कृष्ट पारी खेल्दै युएईले दिएको १ सय ७७ रनको लक्ष्य भेटाएको थियो। नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि मल्लले ६४ रनको पारि खेलेका थिए। उनले ७३ बलमा ६४ रन बनाएका थिए। उनलाई युएईका आयानले एलबीडब्लू धरापमा पारेका थिए ।

आशिफ शेखले ८८ रन बनाए । नेपालले २४ रन बनाउँदा ओपनर अर्जुन साउदलाई गुमाएको थियो। त्यसपछि ब्याटिङका लाग आएका कप्तान रोहित पौडेल १०  रन बनाउँदै रन आउट भएका थिए। त्यसपछि ब्याटिङका लागि आएका दीपेन्द्र सिंह एरीले शुन्यरनमा रनआउट भए। अन्तिम एक रनका लागि हरिशंकर शाह ब्याटिङका लागि आएका थिए ।

कप्तान रोहितले पहिलो सिरिजमै नेपालका लागि जित दिलाएका हुन्। उनी पहिलो सिरिजमै जित हात पार्ने सबैभन्दा कान्छा कप्तान हुन् ।

युएईका लागि हजरथ बिलाल र आयान अफजल खानले १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको युएईले खराब सुरुवात गरेको थियो। युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको थियो ।

बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको थियो। तर, युएईका आयान अफजल खान र हजरत बिलाल टिकेर खेलेपछि मध्यम योगफल बनाएको हो। आयानले ६३ बलमा ५४ रन बनाए। उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए। हजरतले ५४ बलमा २० रन बनाए ।

नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए। ललित राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिएका छन् । यसअघि नेपाल र युएईले एक एक खेल जितेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्