Logo

नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक


पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको पहिलो रोजाइ सार्वजनिक भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक प्रवेस कटुवालले रोहित चन्दको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानसँगको खेलका लागि मुख्य प्रशिक्षणको जिम्मेवारी कटुवाललाई दिएको हो । दशरथ रंगशालामा नेपालले खेल्न लागेको यो ५० औँ खेल हो ।

दशरथ रंगशालामा ५० औँ खेल खेल्दै गर्दा नेपाल र पाकिस्तानबीचको भने यो १७ औँ खेल हो । दक्षिण एसियाका परिचित यी दुई टिमले हालसम्म १६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । जसमा नेपालले पाँच खेलमा जित निकाल्दा चार खेलमा हार बेहोरेको छ । यी दुई टिमबीचको ६ खेल बराबरीमा सकिएको छ ।

नेपाली टिम :

दीप कार्की (गोलकिपर), रोहित चन्द (कप्तान), अनन्त तामाङ, दीनेश राजवंशी, सुजल श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, अन्जन विष्ट, आयुश घलान, विमल घर्तिमगर ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्