Logo

फेरि राष्ट्रपतिको चुनाव लड्ने डोनाल्ड ट्रम्पको घोषणा


पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा उमेदवारी दिने घोषणा गरेका छन् । फ्लोरिडा राज्यमा भएको एक निजी पार्टीलाई सम्बोधन गर्दै ट्रम्पले औपचारिक रूपमा राष्ट्रपतिका लागि उमेदवारी घोषणा गरेका हुन् ।

गत हप्ताको मध्यावधि चुनावमा पार्टीको कमजोर प्रदर्शनका लागि रिपब्लिकन पार्टीका केही नेताहरूले ट्रम्पलाई दोष लगाएपछि उनको घोषणा आएको बीबीसीले जनाएको छ ।

दुई वर्षअघि राष्ट्रपति बाइडेनसँग पराजित भएका ट्रम्प अब सन् २०२४ मा निर्वाचनमा फेरि उमेदवार हुने छन् ।

मंगलबार राति पाम बीचमा आफ्नो मार–ए–लागो निजी क्लबको बलरूमबाट आमन्त्रित भिडलाई सम्बोधन गर्दै ७६ वर्षीय ट्रम्पले बाइडेन प्रशासनका कारण अमेरिका पतन हुँदै गएको बताए ।

“लाखौँ अमेरिकीहरूका लागि जो बाइडेनको नेतृत्वमा विगत दुई वर्ष पीडा, कठिनाइ, चिन्ता र निराशाको समय भएको छ,” उनले थपे, “अमेरिकालाई फेरि महान र गौरवशाली बनाउनको लागि म आज राति संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि मेरो उमेदवारी घोषणा गर्दै छु ।”

भाषणको केही समयअघि उनले संघीय निर्वाचन आयोगमा औपचारिक रूपमा आफ्नो राष्ट्रपतिको उमेदवारी घोषणा र कोष संकलन खाता स्थापना गरी कागजी कारबाही पूरा गरेका थिए । बीबीसीबाट ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्