Logo

सिक्लेस हाइड्रोपावरको सेयर कारोबार सुरू, पहिलो कारोबार कतिमा ?


मंगलबार सिक्लेस हाइड्रोपावरको प्रि–ओपन सेसनमा पहिलो कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११६.८६ देखि ३५०.५८ मूल्य रेञ्ज तोकेको थियो। सोही मूल्य रेञ्जको आधारमा आज पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।

कम्पनीको ‘एसआइकेएलइएस’ संकेतमा सेयर कारोबार खुला भएको हो। सोमबार कम्पनीको ८५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो।

यस अवधिसम्म कम्पनीको सेयर मूल्य ९.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३१८ रुपैयाँ ६० पैसा कायम भएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्