Logo

‘सिंगिङ सुपरस्टार’को पहिलो उपाधि युवा गायक राजेश राईले जिते


खोटाङका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले भ्वाईस स्टार नेपालले निर्माण गरेर ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् ।

आइतबार भएको फिनालेमा प्रथम स्थान प्राप्त गरेका गायक राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् ।

उनी विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत छन् । फिनालेमा नामगेल लामा फस्ट रनर अप र दीपक सापकोटा सेकेन्ड रनर अप भएका छन् । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो ।

गायक राजेश राईले ‘तोडियो तोडियो’, ‘तोडियो तोडियो-२’, ‘कालो कालो बादलु’, ‘ए कान्छी’, ‘ढल्कियो जवानी’, ‘सागरको निलो’, ‘छेपारो छिन’, ‘लुकिलुकी’, ‘घरबार’, ‘नक्कली कान्छी’, ‘आइतबार’ र ‘अर्खौले बजारैमा’ जस्ता दर्जनौ चर्चित गीत दिएको छन ।

फोटोहरु : सामाजिक सन्जालबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्