Logo

प्रेम आले भन्ने मान्छेले डोटीको मात्रै होईन पुरै नेपालीको बेइज्जत गर्योः ओली


 

मुन्धुमस्टार डटकम — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेम आलेले डोटीको मात्रै नभई नेपालीकै बेइज्जत गरेको बताएका छन्।

शनिबार नेकपा एमाले डोटीले दिपायलमा आयोजना गरेको बृहत चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा ओलीले आफूले टिकट दिई सही काम गरेता पनि उनले डोटीको मात्रै नभई नेपालीकै बेइज्जत गरेको बताए।

‘यस ठाउँमा मलाई दुःख लाग्छ मैले आफैंले सही गरेर उम्मेदवारी दिएको व्यक्ति,’ उनले भने, ‘डोटीको मात्रै बेइज्जत होइन, भाषाले सुन्नुस्, पूरै डोटी सभ्यता, संस्कृति भाषा र डोटेलीको बेइज्जत गरेका छन्।’ आलेले डोटीमा एकीकृत समाजवादीबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन्। ​

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्