Logo

कैलालीको भजनीमा अफ्रिकन स्वाइनफिवरले बंगुर मर्न थालेपछि किसान चिन्तित​


 

मुन्धुमस्टार डटकम — कैलालीको भजनीमा बंगुर प्रजातिमा लाग्ने अफ्रिकन स्वाइनफिवर देखा परेको छ। भजनी नगरपालिका–३ कर्मदेवस्थित बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिद्वारा फर्म सञ्चालक जयबहादुर बुढाले ४८२ बंगुर मध्ये ५५ जतिमात्रै बचेको बताए। उनले भदौ पहिलो सातादेखी बंगुर मर्न थालेको जानकारी दिए।

उनले कात्तिक महिनामा ठूलो संख्यामा बंगुर मर्न थालेपछि जाँचका लागि धनगढी पठाएका थिए। धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाले थप जाँचका लागि केन्द्रिय प्रयोगशालामा पठाएको थियो। केन्द्रिय प्रयोगशालाले कात्तिक १५ गते अफ्रिकन स्वाइनफिवर भएको प्रमाणित गरेको थियो।

पशु सेवा विभागका पशुचिकित्सकहरुको टोलीले बंगुर फर्मको स्थलगत अध्ययन गरेको छ। फिवर समुदायमा फैलिननदिन टोलीले बंगुर फर्म केही समयका लागि सिल गरेको छ। टोलीले भजनी नगरपालिकालाई फर्ममा रहेका बिरामी बंगुर नष्ट गर्ने र थप फैलिन नदिन सतर्कता अपनाउन भनेको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्