बीपीलाई अरुले बिर्से पनि राजेन्द्र लिङदेनले सम्झिरहेको छन्- मनिषा कोइराला

बलिउड अभिनेत्री मनिषा कोइरालाले राप्रपाको पक्षमा मत मागेकी छन् ।
शुक्रबार बसन्तपुरमा भएको कार्यक्रममा बोल्दै उनले आफ्ना हजुर बुबा बीपी कोइराला र राजा महेन्द्रबीच सहकार्य हुन नपाउँदा देश असहज स्थितिमा पुगेको बताइन् । साथै उनले अहिले त्यो मौका आएको ठहर उनको थियो ।
“धेरै पहिले बीपी बा र श्री ५ महेन्द्र सरकार दुबैजना एक दुईमा असाध्यै आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनुभएको थिएन,” उनले भनिन्, “त्यतिबेला ठूलो एउटा मौका गुमाएको थियो । अहिले त्यस्तै मौका हाम्रो ढोकामा आएको छ । अब यो मौकालाई गुमाउनु हुँदैन ।”
साथै उनले भ्रष्टचार गर्नु आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङ्देनको भाषणले प्रभावित भएको उल्लेख गरिन् ।
“म यहाँ उभिएको छु राजेन्द्रजिको मुहार हेरेर उहाँको भाषण सुनेर,” उनले भनिन् ,“ भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने कुरा मलाई मन पर्यो ।” कोइरालाले अरुले बिर्से पनि राजेन्द्र लिङदेनले बीपीलाई सम्झिरहेको दाबी गरिन् ।