भोजपुरमा आगलागीहुँदा एकको मृत्यु, एक घाइते

भोजपुर हतुवागढी गाउँपालिका–५ भुरुडाँडा नेवार टोलस्थित सन्तकुमार राईको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ उनको भान्सामा रहेको ग्याँस सिलिन्डर लिक भइ आगलागी हुँदा सन्तकुमारका छोरा ५ वर्षीय आयुष राईको मृत्यु भएको हो ।
आगलागीमा परी गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सन्तकुमारकी घाइते श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।