Logo

तत्कालिन नेकपाको बहुमत स्थाई कमिटीले अतिक्रमित भुमिसहितको नक्शा पस गर्ने निर्णय गरेपछि ओलि बाध्य भ​एका हुनः दाहाल


 

मुन्धुमस्टार डटकम — भारतीय अतिक्रमणमा रहेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्ने विषयमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अत्यधिक बहुमतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन ।

नेकपाका अध्यक्ष रहेका दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले तत्कालीन प्रधानमन्त्री ओलीलाई बाध्य पारेको बताए । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको चुनाव गठबन्धनको दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दाहालले उक्त कुरा बताएका हुन । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्ने नेकपाको निर्णय मान्न तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बाध्य पारिएको तत्कालीन नेकपाका अध्यक्ष दाहालले बताएका हुन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिले दार्चुलाको खलंगामा आयोजित चुनावी सभामा आफ्नो नेतृत्वमा आगामी सरकार बन्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गरेका थिए । उक्त अभिव्यक्तितर्फ इंगित गर्दै दाहालले वास्तविकता अर्कै रहेको दाबी गरे । उहाँले नक्साको कुरा गर्नुभएछ । मलाई यहाँ व्याख्या गर्ने समय छैन नत्र सबै पोल खोलिदिन्थे । केपी ओलीले होइन नक्सा बनाएको कोही भ्रममा नपर्नुहोला । म पनि अध्यक्ष थिए । म सिहत नेकपा स्थायी कमिटीको अत्यधिक बहुमतले यो नक्सा बनाउन लगाएको हो । यो नक्सा बनाएको केही समयपछि केपी ओणलीले आत्मसमर्पण गरेका छन्, दाहालले भने, नक्सा बनाउन पार्टीभत्रको अत्यधिक बहुमतले निर्णय गरेपछि केपी ओलीलाई बाध्य पारिएको हो । यो नै सत्य हो र यसलाई संसारको कुनै तागतले झुटो सावित गर्न सक्दैन ।

नक्साले संसद्बाट वैधानिकता पाउनका लागि कांग्रेस र मधेस केन्द्रित दलहरूको भूमिका रहेको दाहालको भनाइ थियो । नक्सा पारित गर्न भने सबै राजनीतिक दलहरूको भूमिका रहेको उनले दोहोर्‍याएका थिए । नक्सा संसद्बाट पारित भएपछि भारतसँग वार्ता गर्न भनेको तर ओलीले नमानेको दाहालको भनाइ थियो । भारतसँग वार्ता र संवाद गरेर समस्याको स्थायी समाधान गर्नुपर्छ भन्दा कहिल्यै हिम्मत नगर्ने, उनले भने ।

सीमा विवादलाई ओलीले निर्वाचनमा प्रयोग गर्नका लागि थाती राखेको दाहालको आरोप थियो । चुनाव आएपछि राष्ट्रवादका कुरा गर्छन सत्तामा गएपछि लम्पसार पर्छन केपी ओली । मैले नजिकबाट राम्रोसँग देखे, बुझेको छु, उनले भने । त्यस्तै, दाहालले एमाले नेतृत्वमा संघीयता र लोकतन्त्र विरोध चुनावी गठबन्धन बनेको बताए । उनले भने, उहाँ जुन गठबन्धनमा हुनुहुन्छ । नेपालमा फेरि सामन्ति, निरंकुशतन्त्र फर्काउनुपर्छ भन्ने, यो देशको एकता खल्बल्याउनुपर्छ भन्नेसँग उहाँको गठबन्धन छ । हलोसँग छ के के सँग छ के के । सोही सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नक्साबारे ओलीले भ्रम फैलाएको बताएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्