Logo

मोरङ–३ ‘क’ मा नयाँ निर्वाचन कार्यक्रम तय


निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर–३ ‘क’ मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उमेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उमेदवार मनोनयनसहितका नयाँ कार्यक्रम तय गरेको हो । आयोगको निर्णयानुसार यही कात्तिक २४ र २५ गतेभित्र उमेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

“२०७९०८०४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मिति २०७९०६२३ देखि निर्वाचन कार्यक्रम सञ्चालन भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उमेदवारलाई निर्वाचन चिह्न समेत प्रदान भइसकेको अवस्था रहेको छ,” आयोगले भनेको छ, “यसैबीच, मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को निर्वाचन अधिकृतको कार्यालयबाट मिति २०७९०७२३ को पत्रमार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रदेशसभाका लागि नेपाली कांग्रेस पार्टीका उमेदवार श्री शेखरचन्द्र थापाको मिति २०७९०७२० गते मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उमेदवारका लागि निर्वाचन कार्यक्रम तय गरी पठाइदिन अनुरोध भई आएको सन्दर्भमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार देहायबमोजिम गर्ने ।”

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्