धनकुटामा हत्या आरोपमा पक्राउ

धनकुटामा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
छथरजोरपाटी गाउँपालिका–३, काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगीश्वर लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय तेजबहादुर लिम्बू पक्राउ परेका हुन् ।
आफ्नै घरमा बसिरहेका भगीश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीचौकी छथरजोरपाटीबाट खटिएको टोलीले उनलाई खुकुरीसहित नियन्त्रणमा लिएको जनाइएको छ ।